हाइलाइट

स्थानीय तहलाई सहकारीले उत्प्रेरित गर्न सक्छ

स्थानीय तहलाई सहकारीले उत्प्रेरित गर्न सक्छ :: Sahakari Akhabar

महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारी एसडीजीका १७ वटै लक्ष्य प्राप्तिका लागि काम गर्न सक्ने क्षेत्र भएको र त्यसका लागि शुरुआतदेखि नै सहकारीमार्फत दिगो विकासका लक्ष्य हासिल गर्नका लागि योजनाबद्ध रुपमा कार्य गरिरहेको बताए । महासंघका निवर्तमान अध्यक्ष केशव बडालले उत्पादक शक्तिलाई उत्साहित बनाउन, भुमिहिन श्रमिकलाई खेतीमा संलग्न गराउन, खेतियोग्य जमिनमा उत्पादन बृद्धि गर्नका लागि सहकारीको भूमिका रहँदै आएको बताए । उनले विभेदको अन्त्य गर्ने, मर्यादित काम र आर्थिक बृद्धि, उत्तरदायी उपभोक्ता र उत्पादनका लागि सहकारीको मूख्य भूमिका रहने बताए ।

ललितपुर । जेष्ठ ११, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले स्थानीय तहलाई उत्पेरित गर्न सहकारीले भुमिका खेल्न सक्ने औल्याउँदै अगामी बर्ष सबै स्थानीय तहलाई योजना बनाउन उत्पेरित गर्ने तयारी भएको बताएका छन् ।

राष्ट्रिय योजना आयोगले दिगो विकास लक्ष्यको स्वैच्छिक राष्ट्रिय समिक्षा प्रतिवेदन (भीएनआर) को तयारीका सन्दर्भमा सहकारी अभियानसँग भर्चुअल परामर्श अभियानले दिगो विकास लक्ष्य हासिल गर्नका लागि सहकारी क्षेत्रले खेलेको भूमिकाको विषयमा चर्चा गरेको थियो ।

१५ औं योजनाको आत्माभित्र सहकारी र दिगो विकास लक्ष्य रहेको बताउँदै सहकारी क्षेत्र तत्लोतहसम्म पुग्ने भएकाले एसडीजी कार्यन्वयनका लागि यो योगदान अपरिहार्य रहेको औल्याए । उनले कोभिड १९ को महामारीका कारण दिगो विकास र १५ औं योजनाका लक्ष्यमा असर गरेको र त्यसलाई न्यूनीकरण गर्नका साथै अर्थतन्त्रको पुनरोत्थान गर्न उपयुक्त योजना कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गरिने बताए । सहकारीले स्वास्थ्यका क्षेत्रमा समेत महत्वपूर्ण सेवा प्रदान गर्न सक्ने भएकाले त्यसतर्फसमेत अभियान अग्रसर हुनुपर्ने धारणा राखे ।

छलफलमा संयुक्त राष्ट्र संघका पूर्व उपमहासचिव ज्ञानचन्द्र आचार्यले भीएनआरको विषयमा प्रष्ट पारेका थिए । नेपालले दोस्रो पटक यो प्रतिवेदन प्रस्तुत गर्न लागेको हो । नेपालले दिगो विकास लक्ष्य प्राप्तिका लागि के कस्ता कार्य गरिरहेको छ भन्ने विषय र अहिले एसडीजी हासिलको कुन क्रममा नेपाल छ भन्ने विषय रिपोर्टमा समेटिने उल्लेख छ । राष्ट्रिय सहकारी महासंघले योजना आयोगले गठन गरेको विभिन्न कमिटीमा रहेर आफ्नो योगदान दिइरहेको छ भने सहकारमिार्फत दिगो विकास लक्ष्य कार्यान्वयन गर्ने वातावरण निर्माणका लागि महत्वपूर्ण भूमिका समेत खेल्दै आएको छ ।

नेपालले एसडीजी हासिलका लागि ४७९ वटा सुचांक तय गरेको भए पनि कोभिड १९का कारण कार्यान्वयनमा प्रभाव परेको आचार्यले बताए । उनले नेपाल, भारत र बंगलादेशले आफ्नो दोस्रो भिएनआर रिपोर्ट उच्चस्तरीय राजनीतिक मञ्चमा प्रस्तुत गर्ने जानकारी दिए । 
योजना आयोगका सदस्य मिनबहादुर शाहीले दिगो विकास लक्ष्य प्राप्तिको मुख्य पार्टनरका रुपमा सहकारी रहेको बताउँदै छलफलको सहजीकरण गरेका थिए ।

महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारी एसडीजीका १७ वटै लक्ष्य प्राप्तिका लागि काम गर्न सक्ने क्षेत्र भएको र त्यसका लागि शुरुआतदेखि नै सहकारीमार्फत दिगो विकासका लक्ष्य हासिल गर्नका लागि योजनाबद्ध रुपमा कार्य गरिरहेको बताए । महासंघका निवर्तमान अध्यक्ष केशव बडालले उत्पादक शक्तिलाई उत्साहित बनाउन, भुमिहिन श्रमिकलाई खेतीमा संलग्न गराउन, खेतियोग्य जमिनमा उत्पादन बृद्धि गर्नका लागि सहकारीको भूमिका रहँदै आएको बताए । उनले विभेदको अन्त्य गर्ने, मर्यादित काम र आर्थिक बृद्धि, उत्तरदायी उपभोक्ता र उत्पादनका लागि सहकारीको मूख्य भूमिका रहने बताए ।

महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले महिलामाथि हुने सबै प्रकारका हिंसाको उन्मुलनका लागि सहकारीले महत्वपूर्ण कार्य गरेको र महिलालाई आत्मनिर्भर बनाइ सर्वसुलभ तथा सुरक्षितका साथ काम गर्ने वातावरणको प्रत्याभुत गराउनका लागि सहकारीको योगदानका कारण यो क्षेत्रमा लक्ष्य हासिल गर्न सहयोग पुग्ने बताइन् ।

महासंघका उपाध्यक्ष रमेश पोखरेलले सहकारीले वित्तिय साक्षरता, उत्पादन वितरण, गरिवी निवारण, स्वरोजगार सिर्जनालगायतका क्षेत्रमा कार्य गरिरहेको प्रष्ट पार्नुभयो ।

नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम पाठकले प्राविधिक जनशक्ति र सहकारीको उद्योगलाई आधिकारी कानुनी मान्यता प्राप्त हुन सकेको खण्डमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै कृषि सहकारीबाट २५२ वटा उद्योग संचालन भएको ५० उद्योग निर्माणाधिन अवस्थामा रहेको जानकारी दिए ।

उनले विउ प्रशोधन उद्योग, आधुनिक नर्सरी, मल उद्योग स्वदेशमा सहकारीमार्फत संचालन गर्न सके देश आत्मनिर्भर हुने बताए । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीले कोभिड १९को प्रभावका कारण एसडीजीको प्राथमिकताका क्षेत्र परिवर्तन गर्न पुर्नमुल्यांकन गर्नुपर्ने बताए । रोजगारी सिर्जना, उत्पादन बृद्धि, वित्तिय व्यवस्थापन, साक्षरता र परिचालनमा सहकारीको योगदान रहेको र बैंकले २५ अर्ब लगानी गरिरहेको बताए ।

नेपाल केन्द्रिय दुग्ध उत्पादन सहकारी संघका अध्यक्ष नारायण देवकोटाले संघमार्फत २५ वटा साना दुग्घ उद्योगले स्थानीय क्षेत्रमा रोजगारी सिर्जना गरेर ग्रामिण अर्थतन्त्रलाई सवल बनाउने कार्य गरेको बताए ।

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले सदस्यलाई उद्यमी बनाउनकालागि नेफ्कूनले चालेको कदमको विषयमा चर्चा गरे । राष्ट्रिय सहकारी विकास बोर्डका संचालक इन्दिरा पन्तले सदस्य र समुदायमा केन्द्रित भएको सहकारी क्षेत्रले जागरण, सचेतना देखि उत्पादन, बजारीकरण र स्थानीय क्षेत्रको उत्थानका लागि महत्वपूर्ण भूमिका खेलेको भए पनि ती योगदानलाई प्रचार तथा अभिलेखिकरण गर्नुपर्ने बताइन् ।

महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले सहकारी क्षेत्रले स्थानीय तहका जनप्रतिनिधिलाई समेत दिगो विकास लक्ष्यका विषयमा सचेत गराउँदै सहकार्य गरेकोे, सहकारीका लागि एसडीजी गाइडलाइन तयार गरेकोजानकारी दिइन् । उनले सहकारीले गर्ने कार्यक्रममध्ये ७ प्रतिशत कार्यक्रम दिगो विकास लक्ष्यसँग जोडिएको तथ्यांक राखिन् । सुब्बाले सहकारी क्षेत्रमा करिब ४० प्रतिशत महिला नेतृत्वमा रहेको बताउँदै कोभिड १९को महामारीका समयमा मुल्य नियन्त्रणका लागि सहकारीले प्रभावकारी भूमिका खेलेको बताइन् ।

नेपाल केन्द्रीय मौरीपालन सहकारी संघका अध्यक्ष अर्जुन पोखरेलले मौरी संरक्षण भएको खण्डमा मात्र मानव अस्तित्व रहने भएकाले मौरी मैत्री विरुवा लगाउने, विदेशबाट फर्कने श्रमिकलाई सहकारी कृषिमा आवद्ध गराउँदै नया स्वरुपबाट काम गर्दा दिगो विकास लक्ष्य हासिल हुने बताए ।

केन्द्रीय चिया सहकारी संघका महासचिव रविन राईले गरिवी न्युनिकरणका लागि किसानलाई चिया खेतीमा आवद्ध गरेर, उद्योग स्थापना गरेर, रोजगारी सिर्जना गरी आर्थिकस्थिति सुधारका कार्य संघले गरेको बताए । उनले विषादीरहित उत्पादनलाई प्रोत्साहन गर्ने, पिछडिएकालाई सहकारीमार्फत तालिम सिप सिकाएर आत्मनिर्भर बनाउने काम भएको बताए ।  
 



Leave a comment