हाइलाइट

कालो धन सहकारी क्षेत्रमा पनि जान सक्छ : हरी नेपाल

कालो धन सहकारी क्षेत्रमा पनि जान सक्छ : हरी नेपाल :: Sahakari Akhabar

काठमाडौं । अबैध रुपमा आर्जन गरेको सम्पत्ति सहकारी क्षेत्रमा पनि जान सक्ने भएकोले सहकारीकर्मीहरु चनाखो बन्नु पर्ने नेपाल राष्ट्र बैंकका उपनिर्देशक हरी नेपालले बताएका छन् । उनले मूलकका अन्य वित्तिय संस्था सरह सहकारी क्षेत्रले पनि वित्तिय कारोबार गरेको हुनाले यो क्षेत्र सम्पत्ति सुद्धिकरणमा रहेको बताएका छन् ।

राष्ट्रिय सहकारी बैंकले आयोजना गरेको सहकारीमा सम्पत्ति सुद्धिकरण सम्वन्धि दुई दिने भच्र्युअल तालिममा उप निर्देशक नेपालले गैह् कानुनी रुपमा, आर्जन गरेको धन आउन सक्ने सम्भावना रहेकोले सिस्टममा संस्था संचालन गर्नु पर्ने बताए । उनले भने सम्पत्ति सुद्धिकरण धन विरुद्धको विज्ञान नभएर गैह् कानुनी तवरले कमाएको धनको विरुद्धको विज्ञान रहेको बताए ।

सहकारीको पहुँच ठूलो रहेकोले यसलाई सही ढंगले प्रयोग गर्न सकियो भने देश विकासको आर्थिक वृद्धि हाँसिलको लक्ष्य पुरा गर्न सकिने उनको भनाई थियो । सहकारीले बचत लिने र लगानी गर्ने गरेको छ । उनले भने ‘कालो धन बैंक वित्तिय संस्थामापनि जान सक्छ, सेयरबजारमा पनि जान सक्छ, बीमा क्षेत्रमा पनि जान सक्छ, घर जग्गामा पनि जान सक्छ र सहकारीमा पनि जान सक्ने भएकोले सहकारी क्षेत्रमा पनि सम्पत्ति सुद्धिकरणको आवश्यकता भएको बताए ।

सम्पत्ति सुद्धिकरणको उद्देश्य कसैको धन विरुद्ध जाई लाग्नु नभएर गलत रुपमा आर्जन गरेको धनको टार्गेट गर्नु रहेको बताए । उनले कालो धन आर्जन गरेकाले धनलाई सेतो बनाउने बहानामा सहकारी पनि प्रयोग हुन सक्ने भएकोले सतर्क रहन आग्रह गरे । सहकारी क्षेत्रले सम्पत्ति सुद्धिकरण निवारण लागु गर्नमा धेरै ठूलो प्रयास गरेको भए पनि विषयबस्तुको बुझाइमा कमजोरी र सिस्टमेटिक प्रयास हुन नसकेकोले जोखिम बाँकी रहेको बताए । सहकारीले गर्ने बचत तथा ऋणको काममा जोखिम रहेको र संस्थाहरुले गर्ने सिष्टमेटिक प्रणालीमा कमजोरी भएको बताए । उनले सहकारीले सम्पत्ति सुद्धिकरण निवारणका विषयमा सिष्टमको विकास गरेर भएपनि अपडेट हुनै पर्ने बताए ।

सहकारीमा भएको शंकास्पद कारोबारको रिपोटिङ गर्नुपर्ने कानुनी दायीत्व भएको बताएका छन् । सहकारीले सदस्यले लिएको कर्जाको सही सदुपयोग भए नभएको र जाँच गर्नु पर्ने उनले बताए । उनले सम्पत्ति सुद्धिकरणसंग आतंकित हुनु पर्ने, ससंकित हुनु पर्ने विषय नभएको बताए । सहकारीले सतर्कतापूर्वक, विधिपूर्वक कार्य गर्न अनुरोध गरे । सदस्यको दैनिक चरित्रको ख्याल गरेर संस्थामा आएको पैशामा सम्वेदनशिलता अपनाएर अगाडी बढेन भने सहकारी र ब्यक्ती पनि फस्न सक्ने उनले बताए । ८ गते सुरु भएको तालिमको ९ गते दुई बजे देखि पून संचालन हुने  सहकारी बैकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईले जनाए ।



Leave a comment