काठमाडौं । सहकारीको विषयमा छलफल तथा राय सुझाव लिन कृषि सहकारी तथा प्राकृतिक श्रोत साधान समिति अन्तर्गत कृषि सहकारी उपसमितिको छलफल कार्यक्रममा उपस्थित सांसदहरुले बजारमा माक्सको अभाव र कालो बजारीको कुरा उठाएका छन् ।
सांसद सीतादेवी यादवले विश्वमा फैलदै गएको कोरोना भाइरसको माहामारीबाट बच्न माक्स सहयोगी हुने भए पनि बजारमा माक्स अभाव र कालोबजारी भैरहेकोले सहकारीलाई त्यस तर्फ ध्यान दिन आग्रह गरिन् । उनले सहकारीले गाउँमा महिला दिदी बहिनीहरुले खाइ नखाइ जम्मा गरेको बचतको दुरुपयोग गरी समस्यामा पारेको बताइन् । सहकारीको समस्यालाई प्रशासनले पनि नहेरी दिँदा सहकारी पहुँचवालाको मात्र भएको र जनता सहकारीप्रति त्राहीमाम भएको गुनासो गरिन ।
कृषि सहकारी उपसमितिका संयोजक सांसद घनश्याम खतिवडाले सरकारले तीन ट्रक माक्स साझा स्वस्थ्य सेवा सहकारीलाई उपलब्ध गराएकोले आजबाट बजारमा साझा स्वस्थ्य सेवा सहकारीको काउण्टरबाट उपलब्ध हुने बताए ।
Leave a comment