हाइलाइट

कोरोना भाइरसकाका कारण बहुउद्धेश्यीय सहकारी सम्मेलन स्थगित

कोरोना भाइरसकाका कारण बहुउद्धेश्यीय सहकारी सम्मेलन स्थगित :: Sahakari Akhabar

काठमाडौं । कोरोना भाइरसको त्रासका कारण प्रथम बहुउद्देश्यीय सहकारी राष्ट्रिय सम्मेलन स्थगित भएकोे छ । पहलो पटक गर्नलागिएको राष्ट्रिय सम्मेलन विश्वमा फौलिएको कोरोना भाइरसको माहामारीलाई ध्यानमा राखि स्थगित गरिएको हो ।

नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघले फागुन ३० र चैत्र १ गते दुई दिन काठमाडौमा आयोजना गर्नलागेको  सम्मेलन सूचना जारी गरी स्थगित गरिएको केन्द्रिय संघले जनाएको छ ।

संघले सम्भवत ०७७ सालको बैशाख महिना भित्र गर्न सक्ने समेत सूचनामा जनाएको छ । यस अघि ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले फागुन २२ गते देखि २४ गते सम्म गर्ने भानिएको चौथो ललितपुर साकोस समिट पनि कोरोना भाईरसको त्रासका कारण स्थगित गरेको छ ।
 



Leave a comment