सहकारीको उत्पादनको बजारीकरण केन्द्रीय पशुपंक्षी सहकारी संघले गर्ने

सहकारीले उत्पादन गर्ने भए पनि बजारीकरणकै समस्या

सहकारीको उत्पादनको बजारीकरण केन्द्रीय पशुपंक्षी सहकारी संघले गर्ने :: Sahakari Akhabar

काठमाडौ । केन्द्रीय पशुपंक्षी सहकारी संघले सहकारी संघसंस्थाको उत्पादनको बजारीकरण गर्ने भएको छ । संघले पहिलो चरणमा अण्डाको बजारीकरणकालागि थोक विक्री केन्द्रपनि सुरु गरेको छ ।

संघले आयोजना गरेको पशुपंक्षीजन्य उत्पादन विक्री केन्द्रको शुभारम्भ कार्यक्रममा संघका अध्यक्ष बाबुराम अधिकारीले केन्द्रीय संघले सदस्य संघ संस्थाहरुले उत्पादन तथा संकलन गरेको सामाग्रीको बजार प्रवद्र्धन गर्ने जानकारी दिए ।

उनले पहिलो चरणमा अण्डाको बजारीकरणकालागि केन्द्रीय संघको कार्यालय रहेको स्थानमा शोरुम राखेर विक्री सूरु गरेको बताए । उनले सहकारीका केन्द्रीय संघहरुले सहकारी संघ संस्थाहरुलाई उत्पादनमा लाग्न र उनीहरुले उत्पादन गरेका सामाग्रीको बजारीकरणको जिम्मा लिनु पर्ने बताए ।

उनले सहकारीले उत्पादन गरेपनि क्वारेण्टाइन र गुणस्तर मापनको समस्या रहेकोले सहकारी महासंघले यस तर्फ ध्यान दिन आग्रह गरे । किसानले उत्पादन गरेपनि गुणस्तर, बजार र मूल्यको समस्या जस्ता कुराले किसान उत्पादनमा जान नचाहेको बताए ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघकी वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले सहकारीको उत्पादन निर्वाहमूखी मात्र भएकोले ब्यवसायीक रुपमा उत्पादन गर्नु पर्ने वताइन् ।

उनले सहकारीको उत्पादन बजारीकरणमा भएका समस्यालाई समाधान गर्न महासंघले राज्यसंग समन्वय गरी अगाडी वढ्ने वताइन् । राष्ट्रिय सहकारी महासंघका पूर्व उपाध्यक्ष विजयराज घिमिरेले सहकारीका उत्पादनले गुणस्तर उत्पादन दिने भएपनि बजारको मागलाई धान्ने उतपादन गर्नु पर्ने र आयातलाई विस्थापित गरी निर्यात गर्न सक्ने हुनु पर्ने वताए ।

उनले सहकारीको उत्पादनलाई बजारीकरणमा भएका कानुनी समस्याको समाधानकालागि महासंघ लाग्नु पर्ने वताए ।


 



Leave a comment