काठमाडौं । बाढी पहिरो प्रभावित सहकारी संघसंस्थाहरूको सेवा पुनःसञ्चालनका लागि राष्ट्रिय सहकारी बैंकले सहयोग गर्नेभएको छ । बैंकले प्रभावित अभिलेख संरक्षण तथा संस्थागत पुनःस्थापना सहयोग कार्यक्रम घोषणा गरेको हो ।
बैंकले भदौ १० गते भोटेकोसीमा आएको बाढी तथा पहिरोका कारण प्रभावित भई सेवा सञ्चालन, अभिलेख संरक्षण तथा संस्थागत व्यवस्थापनमा कठिनाइ व्यहोरेका सहकारी संघसंस्थाहरुलाई सहयोग उपलब्ध गराउने भएको हो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सहयोग उपलब्ध गराउने भएकोले बिपद्मा परेका र तोकिएको मापदण्ड पूराहुने सहकारी संघसंस्थाहरुबाट निवेदन आहृवान गरेको छ ।
१, लाभग्राही संघ र संस्था
बाढी तथा पहिरोबाट अभिलेख, कार्यालय सामग्री, प्राविधिक उपकरण वा भौतिक संरचनामा क्षति पुगेका सम्बन्धित निकायमा विधिवत दर्ताभई सञ्चालनमा रहेका सहकारी संघसंस्थाहरु । (नोटः बैंसँग आबद्ध वा गैरआबद्ध सबै योग्य सहकारी संघसंस्थाहरुले आवेदन दिन सक्नेछन् ।
२, सहयोगको स्वरूप
क्षतिको प्रकृति र मूल्याङ्नका आधारमा सेवा पुनः सञ्चालनका लागि आवश्यक कम्प्युटर, प्रिन्टर तथा अन्य कार्यालय सामग्री उपलब्ध गराइनेछ । एक संस्थालाई अधिकतम ८० हजार बराबरको सामग्री सहयोग प्रदान गर्न सकिनेछ ।
३, आवश्यक कागजात
क, बैंकले तोकेको ढाँचाको निवेदन
ख, स्थानिय तह वा जिल्ला र विषयगत सहकारी संघबाट प्राप्त क्षति प्रमाणीकरण र सिफारिस पत्र
ग, दर्ता प्रमाण पत्रको प्रतिलिपि
४, निवेदन पेश गर्ने स्थान
सम्बन्धित जिल्ला सहकारी संघ, राष्ट्रिय सहकारी बैंकको शाखा कार्यालय वा केन्द्रीय कार्यालयमा निवेदन पेश गर्न सकिनेछ ।
५, निवेदन दिने अन्तिम म्याद
यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र । ( असाेज १७ गतेसम्म )
६, छनोट तथा सहयोग वितरण
प्राप्त निवेदनहरुको मूल्याङ्नपछि स्वीकृत संघ र संस्थाहरुलाई मापदण्ड बमोजिम सहयोग उपलब्ध गराइनेछ ।
Leave a comment