हाइलाइट

प्रतिफल नपाएपछि ‘मिरा’बाट लगानी फिर्तामाग्ने तयारीमा नेफ्स्कून

प्रतिफल नपाएपछि ‘मिरा’बाट लगानी फिर्तामाग्ने तयारीमा नेफ्स्कून :: Sahakari Akhabar

काठमाडौं । लामो समयको प्रतिक्षापछि पनि प्रतिफल नदिएपछि नेफ्स्कूनले मिरामा गरेको लगानी फिर्ता माग्ने भएको छ । नेफ्स्कूनले लगानी गरेको मिरा सफ्टवयेरले ६ वर्षसम्म पनि प्रतिफल नदिएपछि लगानी फिर्ता माग्ने तयारी गरेको हो ।

सहकारीका लागि अत्याधुनिक डिजिटल सेवा प्रभाव गर्ने उद्देश्यले इआरपि मोडलको सफ्टवयेर निर्माण गर्न कम्पनिमार्फत गरेको लगानीको प्रतिफल नपाएपछि नेफ्स्कून बाहिरिने तयारीमा रहेको जनाइएको छ । कम्पनिले भनेको समयमा काम पुरागर्न नसकेको, सहकारीलाई दिने भनिएको सवै सेवा उत्पादन गर्न नसकेको र नाफा कमाउन नसकेको भन्दै नेफ्स्कूनले गरेको ठूलो लगानिको हिस्सा फिर्ता लिने भएको हो ।

आधुनिक सेवाको इआरपी मोडलको सफ्टवयेर निर्माण गर्न नेफ्स्कूनले खुल्ला प्रतिष्पर्धामार्फत कम्पनिमा लगानी गरेको थियो । सुरुमा एउटा प्रोडक्ट बनाउन कम्पनी स्टाब्लिष्ट गरौं, सहकारी क्षेत्रलाई सपोर्ट गर्छ भन्ने हिसावले बनाएको नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले बताए । उनले भने, लामो समय भएपनि यो चाही अझैपनि डेभलपमेण्टकै फेजमा छ ।

यो इआरपि मोडल भनिएको छ, यसमा १० वटा मोडल बन्नुपर्नेमा ६ वटा मात्र बनेको  र ४ वटा बाँकी रहेको उनको भनाइ छ । यसमा लगानिको रिटर्न भन्दापनि इन्भेष्टमेण्टको रिप्लेस गर्न खोज्दैछौं, उनले भने, ‘हामीले लगानी गरेको जती पैसा छ, त्यो पैसा रिटर्न लिन खोजिरहेका छौं ।

इन्भेष्टर रिप्लेस गर्ने कुरा भइरहेको छ, लगानी गरेको पैसा फिर्ता लिन्छौं त्यसका लागि धेरै चरणमा कुरा पनि भइरहेको छ ।’ कति फिर्ता लिने, कसरी फिर्ता लिने भन्ने टुङ्गिन बाँकी रहेको उनले बताए । उनले भने, ‘इन्भेष्टरको साइडबाट हामी हुँदैनौं, किनभने अडिटरले पनि प्रश्न उठाएको छ ।

अव रिक्स नलिने र निकास खोज्ने हिसावमा कुरा भएको छ ।’ अहिलेसम्म कम्पनी नाफामा आउन नसकेको र इआरपी मोडल तथा प्रोडक्ट कम्पिल्ट नभएको सिइओ डा.सापकोटाको भनाइ छ । साधारणतय सहकारी संस्थाहरुले चलाउने सफ्वयेर मात्र कम्पिल्ट भएकोले हामी लगानी फिर्ता गर्दैछौं, उनले भने ।

सुरुवातमै टाइमलाइन सेट गर्दाखेरी नसकिने टाइमलाइन सेट गरेकोले ३ वर्षमा इआरपि मोडल बनाउन नसकेको हुनसक्ने उनले बताए । संघलाई के राम्रो हुन्छ भन्ने कोणबाट नेफ्स्कून ब्याकको निणर्यमा पुगेको सिइओ डा.सापकोटाले जनाए ।

नेफ्स्कूनले सन् २०२० मा थ्रि एच म्यानेजमेन्ट कम्पनीसंग गरेको अनुसन्धान प्रतिवेदनमा सहकारीमा उपलब्ध आइटी सेवाले संस्थाहरुको आवश्यक्ता पुरा नभएको उल्लेख गर्दै सम्पूर्ण सेवाहरु एकै ठाउँबाट उपलब्ध हुनेगरी इन्टरप्राइजेज रिसोर्स प्लानिङ अर्थात ‘इआरपी’ सिस्टम बनाउन सुझाव दिएको थियो ।

उक्त प्रतिवेदन अनुसार नै नेफ्स्कूनले १५ माघ २०७७ मा सार्वजनिक सूचना जारी गर्दै साकोसहरुका लागि इआरपी सिस्टम बनाउन प्रस्ताव आह्वान गरेको थियो । सूचनामा नेफ्स्कूनको ६० र कम्पनीको समेत ४० प्रतिशत शेयर लगानी साझेदारी हुनेगरी प्रविधिमा ५ वर्ष अनुभव भएको कम्पनीबाट प्रस्ताव मागिएको थियो ।

सूचना अनुसार आधा दर्जन कम्पनीहरुले प्रस्ताव पेश गरेकोमा रारा डिजिटल ल्याब्स प्रालि छनोट गरी ६० प्रतिशत लगानि साझेदारीमा इआरपी सिस्टम बनाउनका लागि रारासँग सम्झौता भएको थियो । करिब २० करोड लगानी लाग्ने अनुमान सहित नेफ्स्कूनले लगभग ८ करोड लगानी गरिसकेको छ । नियोसिस टेक्नोलोजी स्थापना गरी सोही कम्पनीबाट २०७९ कात्तिकदेखि बचत तथा ऋण सहकारीका लागि इआरपी सिस्टम ‘एमवाइआरए इआरपी’ अर्थात मिरा इआरपी सेवा सुरु भएको थियो ।

कोर बैंकिङ, सदस्य व्यवस्थापन, इन्भेन्टी म्यानेजमेन्ट, मोवाईल बैंक, एमएमएस, मिस्टकल्डजस्ता अल्टरनेटिभ च्यानल र बजार प्रतिनिधिका लागि एप्स जस्ता सेवा दिएपछि कम्पनिको इआरपी मोडलले दिने सेवा यो भन्दा अगाडी बढ्न सकेको छैन ।

संस्थाहरुले बजारमा पाउने अन्य सफ्टवयेरहरुको जस्तै सेवाबाट कारोबार गरिरहेको र सहकारीलाई पेपरलेस बनाउन आवश्यक पर्ने सेवाको विकास हुननसकेको बताइएको छ । कम्पनिले ५ देखि ६ सय संस्थामा सेवा पुगेपछि संचालन खर्च धान्ने र त्यसपछि विस्तारै नाफामा जाने बताएपनि हाल कम्पनिमा ८ सय बढी युजर पुगिसक्दा पनि नेफ्स्कून नाफा लिनेभन्दा पनि लगानी नफर्कने अवस्थामा रहेको छ ।



Leave a comment