काठमाडौँ । राष्ट्रिय सहकारी बैंकको सञ्चालक समितिको निर्वाचनको मिति नजिकिँदै जाँदा सहकारी क्षेत्रमा चुनावी सरगर्मी बढेको छ । बैंकले सात प्रदेशबाट सातजना संचालक चयन गर्ने छ भने यसमा छ प्रदेशबाट निर्विरोध भइसेका छन र बागमती प्रदेशका लागि निर्वाचन हुने भएको छ।
यहि जेठ ९ गते सातै प्रदेशबाट मतदान गरी बागमती प्रदेशको संचालक चयन गर्नुपर्ने छ । त्यसैले अहिले बागमती प्रदेशको चुनाववी प्रतिस्पर्धालाई देशभरका सहकारीकर्मीहरूको विशेष चासोको विषय बनेको छ।
यसपटक बागमती प्रदेशबाट सञ्चालक पदका लागि सहकारी अभियानका साझा उमेदवार रामशरण शर्मा घिमिरे सशक्त उम्मेदवारका रूपमा अगाडि आएका छन् । सहकारी क्षेत्रमा लामो र गहिरो अनुभव सँगालेका घिमिरे यतिबेला देशव्यापी रूपमा मतदाताहरूसँग छन् ।
उनले आफ्नो उम्मेदवारी केवल पदका लागि मात्र नभई, सहकारी क्षेत्रमा देखिएका विद्यमान चुनौतीहरूलाई चिर्दै बैंकलाई थप व्यवस्थित, पारदर्शाी र विश्वसनीय बनाउनका लागि भएको बताएका छन् । सहकारी क्षेत्रको एकमात्र बैंक भएकाले राष्ट्रिय सहकारी बैंकको भूमिका आगामी दिनमा अझै बढ्ने घिमिरेको भनाइ छ।
पछिल्लो अध्यादेशले बचत तथा ऋणको कारोबार गर्ने संघहरूलाई तीन वर्षभित्र वित्तीय कारोबार बन्द गर्नुपर्ने प्रावधान ल्याएपछि ती संस्थाहरूको वित्तीय कारोबारको मुख्य केन्द्र सहकारी बैंक नै हुने भएकोले बैंक अझ शसक्त र मजबुत बन्नुपर्ने उनले बताए ।
सदस्य केन्द्रित सेवा विस्तार, सुशासन, पारदर्शिता र जवाफदेहिता, सहकारीहरुको क्षमता अभिवृद्धि, डिजिटल प्रविधि र नविनतम सेवा, सुरक्षित, दिगो र उत्कृष्ट सहकारी बैंक निर्माण घिमिरेका प्राथमिकता रहेको बताएका छन्।
उमेदवार घिमिरेका १० प्रतिवद्धता
१, सदस्यहरुको हकहित, समस्या र सुझावलाई प्राथमिकताका साथ उठाउन गर्नेछु ।
२, बैंकको पारदर्शिता, सुशासन र उत्तरदायिालाई सुद्ध बनाउन सक्रिय भूमिका निर्वाह गर्नेछु ।
३, बैंकको सेवा(सुविधा, पहुँच र प्रविधि सुधारका लागि निरन्तर आवाज उठाउनेछु ।
४, युवा महिला तथा सबै सदस्यको सहभागिता वृद्धि गर्न विशेष पहल गर्नेछु ।
५, सहकारीमा पारदर्शी सेवा र सुशासनका लागि आवश्यक कदम चाल्नेछु ।
६, सहकारी मूल्य, मान्यता र सिद्धान्तको पालना गर्दै संस्थाको गरिमा र विश्वसनीनतालाई अझ सशक्त रूपमा कायम राख्नेछु ।
७, बैंक व्यवस्थापन र सदस्यबीचको सुमधुर सम्बन्ध र सहकार्यलाई उच्च स्तरमा कायम राख्नेछु ।
८, बैंक व्यवस्थापन र सदस्यबीचको सुमधुर सम्बन्ध र सहकार्यलाई उच्च स्तरमा कायम राख्नेछु ।
९, तपाईहरूको अपार विश्वासलाई सम्मान गर्दै सधैँ इमानदारी, निष्पक्षता र जिम्मेवारीपूर्वक काम गर्ने परिपाटी कायम राख्नेछु ।
१०, सबै सदस्यहरूको हकहित संरक्षण गर्दै राष्ट्रिय सहकारी बैंकको सर्वाङ्गीण विकासका लागि प्रतिबद्धता र निरन्तर प्रयास कायम राख्नेछु।
Leave a comment