काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले आइतबार पनि सहकारी कार्यालय बन्द गर्न निर्देशन दिएको छ । प्राधिकरणले निर्देशन जारी गर्दै धेरै सहकारीहरुले समय परिवर्तन गर्न अटेरी गर्दै आएको भन्दै सरकारी बिदा अनुसार गर्न भनेको छ ।
जारी निर्देशनमा भनिएको छ, नेपालका धेरै सहकारीहरुले समय परिवर्तन गर्न अटेरी गर्दै आएका छन् । पुरानै कार्यालय समय रहेको र आइतवार विदा नगर्ने गरेकाले सम्बन्धित निकायलाई जानकारी गराउन प्राधिकरणमा निर्देशन आएको जनाएको छ।
हेलो सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा गुनासो गरेको हुँदा सरकारी बिदासम्वन्धि राजपत्र अध्ययन गरी सोही बमोजिम गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरणले अनुरोध गरेको छ ।

Leave a comment