काठमाडौं । जिल्ला बचत सङ्घ सुनसरीले सदस्य संस्थाका सञ्चालकसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरी नयाँ बर्ष २०८३ सालको टेबल क्यालेण्डर बिमोचन सम्पन्न गरेको छ ।
सङ्घको १८ औं बार्षिक साधारणसभाबाट स्वीकृत कार्ययोजना बमोजिम सङ्घको तालिम हलमा २१ वटा सदस्य संस्थाका अध्यक्ष तथा पदाधिकारी सँग सङ्घले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । सदस्य संस्थाका वर्तमान समस्या, सङ्घप्रति सदस्यका अपेक्षा तथा जिज्ञासाहरु माथि छलफल अन्तरक्रिया सम्पन्न भएको हो ।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै अध्यक्ष गोमाकुमारी गिरी खड्काले सङ्घको नयाँ रणनीतिक योजना तय गर्न र आगामी आर्थिक बर्षको कार्ययोजना तथा कार्यक्रम तयगर्न सदस्य संस्थाका सञ्चालकहरुसँगको अन्तरक्रिया अपरिहार्य भएको बताइन् ।
उनले छलफल कार्यक्रम चरणबद्ध रुपमा शुरु गरिएको र प्राप्त सुझाव बमोजिम नयाँ रणनीतिक योजना तथा कार्यक्रम तर्जुमा गरिने प्रतिबद्धता व्यक्त गरिन ।
अन्तरक्रिया कार्यक्रममा २१ वटा सदस्य संस्थाका अध्यक्ष तथा सञ्चालकाहरुले आफ्नो संस्थाको स्थिति अवस्था र सङ्घप्रतिको अपेक्षा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा अध्यक्ष गिरीले नयाँ बर्ष २०८३ को टेबल क्यालेण्डर समेत बिमोचन गरेकी थिईन भने कार्यक्रममा सहभागीहरुलाई सङ्घका उपाध्यक्ष उद्वबबहादुर लिम्बुले स्वागत गरेका थिए ।
Leave a comment