हाइलाइट

ललितपुर जिल्ला बचत संघको लेखा समिति गोष्ठी आजदेखि नगरकोटमा 

ललितपुर जिल्ला बचत संघको लेखा समिति गोष्ठी आजदेखि नगरकोटमा  :: Sahakari Akhabar

काठमाडौं । ललितपुर जिल्ला वचत तथा ऋण सहकारी संघले लेखा सुपरिवेक्षण समिति गोष्ठी २०८२ आयोजना गरेको छ । संघले आयोजना गरेको गोष्ठी यही चैत १३ गतेबाट नगरकोटमा सुरु भएको हो।

गोष्ठीमा विषय विज्ञहरुद्धारा महत्वपूर्ण कार्यपत्र प्रस्तुती हुने आयोजकले जानकारी दिएको छ् । गोष्ठीमा ललितपुर जिल्ला संघका सदस्य साकोसका लेखा समितिका संयोजक तथा सदस्यहरुको सक्रिय सहभागिता रहेको छ।

१४ गतेसम्म संचालन हुने दुईदिने गोष्ठिको बागमती प्रदेश भूमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री विनु रायमाझि पौडेलले उद्दघाटन गरेकी छन्।

गोष्ठीमा प्रशिक्षक कुबेर निरौला, डा.रमेशप्रसाद चौलागाई, शिशिरकुमार ढुंगाना, सिए संजिव ढकाल र मोटिभेस्नल स्पिकर रामजी अधिकारीले सहजीकरण गर्नेछन् । तालिम भोलिसम्म संचालन हुने संघका प्रमुख कार्यकारी अधिकृत सन्तोष बजगाइले जानकारी दिए। कार्यक्रम संघका सचिव श्यामकृष्ण महर्जनले संचालन गरेका छन् ।



Leave a comment