हाइलाइट

नेफ्स्कूनका लेखासंयोजक पछि संचालकले दिए राजिनामा, दुईजना निलम्बित

नेफ्स्कूनका लेखासंयोजक पछि संचालकले दिए राजिनामा, दुईजना निलम्बित :: Sahakari Akhabar

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) मा पछिल्लो समय संचालकहरु धमाधम बहिर्गमन हुनथालेका छन् । केही समयअघि कर्मचारीहरुले संघ छोड्ने क्रम बढेको थियो भने पछिल्लो समय संचालकहरु नै छोड्ने र निलम्बित हुनेक्रम देखिएको छ ।

संचालकहरुले संघको दैनिक काममा समेत हस्तक्षेप गर्न थालेपछि संघका उच्चतहका कर्मचारीहरु धमाधम बाहिरिएका थिए । संघका विभागिय प्रमुख सञ्जयराज तिमल्सिना र राधेश्याम श्रेष्ठ, अधिकृत मनोज बुढाथोकी र पेशलकुमार खड्का, यसैगरी सञ्चार अधिकृत रञ्जनमणि पौड्याल संघबाट बाहिरिएका छन ।

यसैगरी संघका लेखा समिति संयोजक इन्द्रराज ज्योति पौडेलले संघको पौष ४ गतेको ३४ औं बार्षिक साधारण सभाअघिनै राजिनामा दिए । आफू उक्त जिम्मेवारीमा बस्न नसक्ने जनाउँदै पौडेलले राजिनामा दिएका थिए । पौडेलले मंसिर १ गते संचालक समिति समक्ष राजिनामा बुझाएपनि संघको पुष १ गते बसेको संचालक समितिको बैठले उनको राजिनामा स्विकृत गरेको थियो।

त्यसैगरी संघका संचालक लक्ष्मी सापकोटाले पनि संचालकको बैठकमा राजिनामा बुझाएका छन् । उनले माघ २६ गते संघको ३५७ औं बौठकमा अध्यक्षसामु राजिनामा पत्र बुझाएका छन् । उनले संघ भित्र देखिएको वर्तमान र विगतका कार्यशैलिहरुले आफूलाई धेरै भावुक र विक्षिप्त बनाएको भन्दै यस्तो अवस्थामा पदमा निरन्तर रहनुभन्दा शान्त र सकरात्मक ढंगले जिम्मेवारीबाट बहिरगमन हुनुनै उपयुक्त निष्कर्ष रहेको जनाएका छन् ।

त्यसैगरी नेफ्स्कूनले केही समयअघि संचालक वीरबहादुर रावत भोटे र देवकुमार श्रेष्ठलाई निलम्बन गरेको थियो । नेफ्स्कूनको सुर्खेत सदस्य सेवा कार्यालयमा पुष १८ गते सञ्चालक भोटेले कर्मचारीहरु मदनकुमार चन्द र पुष्पराज तिमिल्सेनालाई दुव्र्यवहार र कुटपिट गरेको आरोप लागेपछि संघले उनलाई निलम्बित गरेको हो ।

संघको पुष २० गते बसेको सञ्चालक समितिको बैठकले भोटेलाई पदीय मर्यादा विपरित रहेको भन्दै सञ्चालक समिति सदस्यको पदबाट निलम्बन गरेको थियो । संघले संचालक श्रेष्ठलाई भने चेक बाउन्समा कर्जा सूचना केन्द्रको कालोसूचीमा परेकाले निलम्बन गरेको थियो । कर्जा सूचना केन्द्रको कालोसूची विवरणमा श्रेष्ठको नाम रहेकोले श्रेष्ठलाई २९ मंसिरदेखि लागु हुनेगरी कालोसूचीमा राखेकोले संघले उनलाई निलम्बन गरेको थियो ।



Leave a comment