काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का कर्मचारी आन्दोलित बनेका छन् । नेफ्स्कून सुर्खेत फिल्ड कार्यालयको घटना प्रति संघको ब्यवस्थापनले आपत्ति जनाउँदै संचालकलाई निलम्वन गर्नुपर्ने माग राखेका छन् ।
नेफ्स्कूनमा कार्यरत सवै कर्मचारीहरुले संयुक्त विज्ञप्ति प्रकाशन गरी घटनाको निश्पक्ष छानविनको माग गरेका हुन् । विज्ञप्तीमा सुर्खेत सदस्य सेवा कार्यालयमा भएको घटनाका सम्बन्धमा संघ व्यवस्थापनले गम्भिर ध्यानाकर्षण भएको भन्दै ।
संघका सञ्चालक समिति सदस्य वीरबहादुर रावत (भोटे)ले कर्मचारीहरु मदनकुमार चन्द र पुष्पराज तिमिल्सेनालाई गरेको दुव्र्यवहार र कुटपिटको घटनाको विधिसम्मत छिनोफानो नभएसम्मका लागि निज सञ्चालक वीरबहादुर रावत (भोटे)लाई तत्कालै निलम्बन गरि बर्खास्त गर्न समेत माग गरेका छन् ।
त्यसैगरी नेफ्स्कून ब्यवस्थापनले राखेका मागहरुः
२) उक्त हमलाका कारण कर्मचारीद्वय मदन कुमार चन्द र पुष्पराज तिमिल्सेनाका साथै सम्पूर्ण कर्मचारीहरुको सुरक्षा संवेदनशिलतालाई ध्यान दिई सबैको जिउधनको सुरक्षाको उचित व्यवस्थापन गर्न माग गर्दछौं,
३) संघमा कार्यरत सम्पूर्ण कर्मचारीहरुले निर्वाध रुपमा कार्य गर्न पाउनुपर्ने विधिको पूर्ण पालनाका लागि समिति तथा उपसमितिको सम्पूर्ण प्रकारका कार्यकारी भूमिकालाई पुर्ण रुपमा हटाई संघको विनियम तथा कार्यविधिमा उल्लेख भएका कार्य तथा जिम्मेवारी वाहेक अन्य कुनै पनि प्रशासनिक कार्यमा हस्तक्षेप नगर्न माग गर्दछौं,
४) संघका सम्पूर्ण कार्यालयहरुमा रहेको सबै उपसमितिको कार्यकक्षहरु तत्कालै हटाउन जोडदार माग गर्दछौं,
५) संघको छविमा व्यापक सुधार गर्नुपर्ने अवस्थामा नेतृत्वबाट भएको यस्ता अमर्यादित हर्कतबाट संघको छविमा नकारात्मक प्रभाव परेको अवस्थामा समिति तथा उपसमितिमा रहेका कुनै पनि व्यक्ति वा उक्त व्यक्ति संलग्न रहेको सहकारी संस्था कारवाहीमा परेको वा कालोसुचीमा परेको वा कानुनी कारबाहीमा परेको सुचना, जानकारी तथा तथ्य प्रमाणका आधारमा उक्त संस्थाका प्रतिनिधिलाई कानुन बमोजिम तत्काल निलम्बन गरी बर्खास्त गर्न माग गर्दछौं,
६) सुर्खेत घटनाका कारण सम्पूर्ण कर्मचारीहरुको मनोबलमा नकारात्मक प्रभाव परेको सन्दर्भमा यस घटनाको छिनोफानो नभएसम्मका लागि संघका सबै कार्यालयहरुबाट प्रवाह गरिने सम्पूर्ण सेवाहरु पुर्ण रुपमा बन्द गरिने जानकारी गराउन चाहन्छौं । साथै उपरोक्त मागहरु सम्बोधन नभएमा चरणबद्ध थप आन्दोलनको समेत घोषणा गर्दछौं ।
उपरोक्त मागका कारण संघका सेवा प्रवाहमा अवरोध हुन गई सदस्य संघसंस्थामा पर्न जाने असुविधा प्रति व्यवस्थापन क्षमाप्रार्थी छौं ।
विज्ञप्तीः
Leave a comment