काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले सुर्खेत फिल्डकार्यालय घटनाका विषयमा आजै आकस्मिक बैठक बस्ने भएको छ । संघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक संजाल फेसबुकमार्फत संघको आकस्मिक बैठक बस्ने जनाएका हुन् ।
उनले उक्त घटना हुनुभन्दा पहिला नै आफू उपत्यका बाहिर भएको र बिचमा विदाको दिन परेपनि समन्वय भने गरिरहेको जनाएका छन्। ब्यवस्थापन, संचालक समिती, अभियान, संचारक्षेत्र, सामाजिक संजाल लगायत सबै क्षेत्रबाट नेफकून सुर्खेत घटनाका विषयमा आएका सुझावलाई उच्च सम्मान गरेको जनाएका छन् ।
अध्यक्ष ढकालले उक्त घटनाको प्रकृति आफैमा दुःखद र पदिय दायित्व निर्वाहमा जवाफदेही हुननसकेको बताएका छन् । शुक्रबार बेलुकी ४ बजेदेखि आइतबार बिहान ६ बजेसम्म झन्डै ३६ घन्टा बिच उपत्यकाबाहिर बाटै भएपनि ब्यबस्थापनका लागि लागिपरिरहेको बताएका छन् ।
उनले लेखेका छन्, ‘लगभग यो समय यतिखेरसम्म कार्यालय बन्द, पौष महिनाको मौसम, कणाली प्रदेश सुर्खेतको घटना भएकोले ब्यवस्थापनमा उल्लेख गरियजस्तो सहज पक्कै होइन भन्ने सबैले बुझेकै हुन पर्छ ।
त्यसका बाबजुद पनि आवेसमा दर्ता गरिएको जाहेरीको आधारमा नियन्त्रणमा लिइएका ब्यवस्थापनका साथीहरू शुक्रबार रातिनै आफ्नो बासस्थानमा पुर्याउनु, हिजो सबैपक्षको सहभागितामा जाहेरी फिर्ता लिने परिस्थितिलाई क्रमश सामान्य बनाउदै लैजाने कार्यमा समन्वय गर्नुभएका सबैलाइ हृदयदेखि स्मरण गर्न चाहान्छु ।
अहिलेसम्म सबै सम्भावना अबलम्वन गरिएको र यसलाई तार्किक निश्कर्षमा लैजान पटक पटक पदाधिकारी संचालक अभियानका साथीहरू र संचारक्षेत्र, म्यानेजर्स साथीहरूसंग निरन्तरता समन्वय सम्पर्कबाट नै सम्भावना हुन सकेको र आज नै संचालक, ब्यवस्थापनमा सम्लग्न साथिहरुको प्रतिवेदन प्राप्त हुने र आज नै संचालक समितिको आकश्मिक बैठक बस्ने र बिनिमय, ऐनको परिधिभित्र रही उपयुक्त निर्णय लिइने प्रतिबद्धता व्यक्त गर्न चाहान्छु ।’
नेफ्स्कूनका सञ्चालक बीरबहादुर रावत भोटेको कर्मचारी माथिको दादागिरीप्रति सहकारीका कर्मचारी संगठनहरुलगाएत सहकारीकर्मीहरुको विरोध पछि संघले आज बैठक राख्दै छ।
सहकारीका कर्मचारी संगठनहरुले समेत विज्ञप्ती प्रकाशन गरी संचालक रावतलाई कारबाहीको माग गरेका छन । उनलाई केन्द्रिय सञ्चालक समिति सदस्य पदबाट तत्काल निलम्बन गरी घटनाको सत्य तथ्य छानविन गर्न माग गरेका हुन् ।
Leave a comment