हाइलाइट

नेफ्स्कून संचालकको दादागिरीप्रति कर्मचारी संगठन आक्रोशित

नेफ्स्कून संचालकको दादागिरीप्रति कर्मचारी संगठन आक्रोशित :: Sahakari Akhabar

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का सञ्चालक बीरबहादुर रावत भोटेको दादागिरीप्रति सहकारीका कर्मचारी संगठन आक्रोशित भएका छन् ।

सहकारीका कर्मचारी संगठनहरुले विज्ञप्ती प्रकाशन गरी संचालक रावतको ब्यवहारले सहकारीका कर्मचारीमा त्रास सिर्जना भएको जनाएका छन् ।

सहकारीका कर्मचारी संगठन सहकारी कर्मचारी क्लव, सहकारी ब्यवस्थापकहरुको क्लव चरिकोट, कोअपरेटिभ म्यानेजर्स क्लव कैलाली र नेफ्स्कून साकोस मेनेजर्स क्लवले विज्ञप्ती प्रकाशन गरेका हुन् ।

शुक्रबार नेफ्स्कून फिल्ड कार्यालय सुर्खेतका कर्मचारी र संचालक रावत बीच कुटाकुट भएको एउटा भिडियो सामाजिक संजाल फेसबुकमा सार्वजनिक भएपछि उक्त संगठनहरुले विज्ञप्ती सार्वजनिक गरेका हुन् ।

विज्ञप्तीमा संचालक समिति सदस्य वीरबहादुर रावत भोटेल १८ गते दिउसो करिव ३ बजे कार्यालय समयमा कर्मचारीहरु मदनकुमार चन्द र पुष्पराज तिमिल्सेना माथि सांघातिक हमला गरि ज्यान मार्ने उद्देश्यले भौतिक आक्रमण गरेको घटनाले कर्णाली प्रदेशभर कार्यरत सहकारी कर्मचारीहरुको गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ ।

उक्त घटनाको घोर भत्सर्ना तथा निन्दा गर्दै कामको शिलसिलामा रहेका कर्मचारीहरु माथि सञ्चालक पदमा बहाल रहेका व्यक्तीले दिनदहाडै घरपरिवारका व्यक्ती र टोले गुण्डाहरु समेत ल्याई हमला गरेकोले सहकारीमा कार्यरत कर्मचारीहरुमा त्रास उत्पन्न भएको जनाइएको छ ।

नेफ्स्कूनमा सञ्चालक समितिको पदमा बहाल भएको पदिय मर्यादा र आफ्नो जिम्मेवारी भन्दा बाहिर गई बाहिरबाट टोले गुण्डाहरु ल्याई कर्मचारीहरुमाथि गरिएको ज्याजती विरुद्ध तत्काल सार्वजनिक रुपमा माफी मागी क्षमा याचना गर्न सहकारी संघ संस्थाहरुमा भय रहित वातावरणमा काम गर्ने व्यवस्था गर्न माग गरेको छ ।

उक्त घटनाको जाहेरी फिर्ता लिइ अवदेखि यस्तो घटना नदोहोर्याउने सहमति भएको जनाइएको छ । तर पनि मिलापत्र मात्र नभइ छानविन गरेर सत्य तथ्य बाहिर ल्याउन र दोषीलाई कारवाही गरिनुपर्ने सहकारीकर्मीको भनाई छ ।

कर्मचारी संगठनको माग

१ निज नेफ्स्कून सञ्चालक वीरबहादुर रावत भोटेले कर्णाली प्रदेशको सहकारी अभियानमा विगत देखिनै विभिन्न हत्कण्डाहरु गरी सुर्खेत जिल्ला बचत संघका अध्यक्ष माथी समेत भौतिक हमला गरी चर्चामा आउने गरेका ईतिहासहरु सर्वविदितै छ । हाल पुनः नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघ लि।का कर्मचारीहरु माथी हमला गरेकोले नेफ्स्कुनको केन्द्रिय सञ्चालक समिति सदस्य पदबाट तत्काल निलम्बन गरी घटनाको सत्य तथ्य छानविन गर्न जोडदार माग गर्दछौ ।

२ उक्त घटनाको छानविनबाट प्रमाणित भएको खण्डमा पिडित कर्मचारीहरुको संरक्षण, सुरक्षा तथा न्यायपूर्ण क्षतिपुर्ती प्रदान गर्नुपर्ने र दोषिलाई कानून बमोजिमको कार्वाही गर्नुपर्ने ।

३ नेफ्स्कुनका सञ्चालक वीर बहादुर रावत भोटेलाई सहकारी अभियानका सार्वजनिक कार्यक्रमबाट समेत सामुहिक रुपमा बहिस्कार गर्न सम्पूर्ण सहकारीका प्रारम्भिक संस्थाहरु, बिषयगत संघहरु र सहकारी महासंघको समेत गम्भिर ध्यानाकर्षण गराउँदछौ ।

४ सुर्खेत स्थित सहकारी संघरसंस्थाहरुले घटनाको सत्य तथ्य छानविन नभए सम्म नेफ्स्कुनको सदस्य सेवा कार्यालय सुर्खेतमा सम्पूर्ण कारोबार तथा कार्यक्रमहरुको बहिस्कार गर्ने सम्बन्धमा नेफ्स्कुन सञ्चालक समिति गम्भिर ध्यानाकर्षण गराउँदछौ ।

५ यस घटनालाई ढाकछोप गरी सञ्चालक समितिबाट सम्बन्धित पिडित कर्मचारीहरुलाई कुनै खालको दवाव श्रृजना गरेमा सेवा केन्द्रमा समेत तालाबन्दी गर्न सहकारी कर्मचारी क्लव बाध्य हुनेछ ।

कर्मचारी संगठनको विज्ञप्ती:




View PDF File in New Tab

Leave a comment