काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का सञ्चालक र कर्मचारीहरु बिच कुटाकुट भएको छ । नेफ्स्कून फिल्ड कार्यालय सुर्खेतका कर्मचारी र संचालक बीरबहादुर रावत भोटे बीच कुटाकुट भएको हो।
उनीहरु सुर्खेतस्थित फिल्ड कार्यालयमा झगडा गरेको एउटा भिडियो सामाजिक संजाल फेसबुकमा सार्वजनिक भएपछि सहकारी क्षेत्रमा तरंग फैलिएको छ । घटनाले सहकारी सुशासन, नेतृत्वको र कर्मचारीको आचरणका विषयमा प्रश्न उठाएको छ।
सार्वजनिक भएको एउटा भिडियोमा संचालक रावतले कर्मचारी पुष्पराज तिम्सिनालाई समात्दै अशोभनीय भाषा प्रयोग गरेको र आक्रामक व्यवहार देखाएको देखिन्छ ।
त्यसैगरी अर्को शुक्रबार ३ः४९ः०१ बजेको भिडियोमा कर्मचारीले संचालक रावतलाई उडीउडी हिर्काएको देखिन्छ तर उक्त भिडियो भने सामाजिक संजालमा राखिएको छैन।
सामाजिक सञ्जालमार्फत आएको भिडियोको आधारमा सहकारीकर्मी, कर्मचारी तथा सरोकारवालाहरूले आफ्नो धारणा बनाएर घटनाको निन्दा गरेका छन् । संचालक रावत भने नेफ्स्कूनमा भएको भ्रष्ट्रचार विरुद्धको आवाज उठाउदाको परिणम भएको बताउँछन्।
उनले आफुले बाराम्बार नेफ्स्कूनको कर्णाली प्रदेश समितिको बैठक राखौं भनेको भएपनि कर्मचारीहरुले बैठकको आवश्यकता नभएको भनेर बैठक बस्न नदिएको र केन्द्रीय समितिको बैठकमा कर्णाली प्रदेशको प्रतिवेदन पेस गर्ननसकेको बताए ।
यो सबै प्रदेशमा भएको सहकारीको विकृति उजागर हुने डरले कर्मचारीहरुले नदिएको बताए । उनले भने, ‘नेफ्स्कूनमा एमालेको बहुमत संचालक रहेको र एमाले बाहिरकाले चुनाव जितेको सैह्य थिएन, त्यसैले एमाले बाहिरको संचालक संख्या कम भएकोले पेलेरै लाने नीति विरुद्ध मैले आवज उठाउँदा यो घट्ना भएको हो ।’
‘पहिला कर्मचारीले मलाई मेरै कार्यकक्षमा प्रहार गरेका हुन्, सवै तोडफोड गरेको, नेमप्लेट फुटाएको छ, त्यसपछि उनीहरुले सुनियोजित ढंगले एकजना कर्मचारीले भिडियो बनाए अरुसंग म भिडिरहेको छु’ उनले भने । म भागेर बाहिर निस्केपछि दुईजना कर्मचारीले उडीउडी म प्रति प्रहार गरेका छन्, अहिले प्रहरीले कार्यालय शिल्ड गरेको छ ।
आफूले कर्णाली प्रदेशको संयोजक भएको नाताले सहकारीको अहिलेको बिचलनका विषयमा कर्णाली प्रदेशमा एउटा अन्तकृया छलफल गरौं ब्यवस्थापन नेफ्स्कूनले गरोस र यसकालागि बजेट पनि भएकोले कुरा उठाएको भएपनि कर्मचारीले बैठक नै बस्न नदिएको र फिल्ड कार्यालयमा हुनेगरेका आर्थिक कारोबारका विषय पनि कर्मचारीले हेर्न नदिएको उनको भनाइ छ।
आफू कुनै आर्थिक कारोबारकालागि झगडा र लफडा गर्ने मानिस नभएको उनले बताए । र भत्ता र बिल भरपाई मिलाएउने विषयको झगडा नभएको उनको भनाई छ ।
नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले घटना दुखद भएको र प्रारम्भिक चरणको छानविन समेत भएको र ब्यवस्थापन हुँदैगएको बताए । उनले प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोट उक्त फिल्डकार्यालय गएको बताए ।
संचालक रावत भोटेलाई काठमाडौँ भ्रमण तथा उपसमितिको बैठक भक्ता लगायतको खर्च भुक्तानीको विषयमा विवाद उत्पन्न भएको आरोप लगाएको छ।
उनलाई हवाई टिकट, ट्याक्सी तथा होटल खर्च संस्थाबाट भुक्तानी गराउन दबाब दिइएको तर औपचारिक निर्णय तथा प्रक्रिया नपुगेकाले कर्मचारीले अस्वीकार गरेपछि विवाद चर्किएको फिल्ड कार्यालय सुर्खेतका प्रमुख मदनकुमार चन्दले बताए ।
उनले संचालक रावतले पहला अपशब्द बोल्दै कर्मचारीमाथि हातपात गरेको, तोडफोड गरेकोले हामीले आत्मरक्षाकालागि उहाँसंग भिडेको स्विकारेका छन् ।
उनले कोठामा झगडा गरेको र बाहिर आएपछि अति भएकोले आफुहरु प्रतिकारमा उत्रिएको बताए । यसले कार्यालयभित्र भय, असुरक्षा र दबाबको वातावरण सिर्जना भएको कर्मचारीहरूको भनाइ छ ।
घटनापछि राजनीतिक पहुँच प्रयोग गरी विषयलाई सामसुम पार्ने प्रयास भइरहेको जनाइएको छ । घटना निष्पक्ष छानबिन र संस्थागत कारबाही हुनुपर्ने सहकारीकर्मीहरुको माग छ ।
Leave a comment