काठमाडौं । संघिय सहकारी विभागको रजिष्ट्रारमा सुशील ढकाल नियुक्त भएका छन् । उनी राष्ट्रपतिको कार्यालयबाट सरुवा भई सहकारी विभाग आएका हुन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ढकाललाई सहकारी विभागमा पठाएको हो । ढकालले विभागमा आजै पदबहाली समेत गरेको उपरजिष्ट्रार एवं सूचना अधिकारी शशिकुमार लम्सालले जानकारी गराए ।
यसअघिका रजिष्ट्रार उमेश ढुंङ्गानाको गृह मन्त्रालय अन्तर्गत लमजुङ जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) मा सरुवा भएपछि मन्त्रालयले ढकाललाई विभागमा पठाएको छ । २०८१ चैत ४ गते सोमबार विभागको रजिष्ट्रारका रुपमा पदबहाली गरेका ढुङ्गानाले करिब ९ महिना काम गरे ।
Leave a comment