काठमाडौं । सहकारी संस्थाको संचालक रही आर्थिक हिनामिना गरेको ब्यक्तिले सांसद हुन नपाउने भएको छ । निर्वाचन आयोगले जारी गरेको प्रतिनिधि सभा निर्वाचन निर्देशिकाले सहकारीमा हिनामिना गरेको ब्यक्तिलाई निर्वाचनमा उमेदवारी दिन रोक लगाएको हो ।
निर्वाचन आयोगले २०८२ पुष २ गते जारी गरेको प्रतिनिधि सभा निर्वाचन निर्देशिका २०८२ जारी गर्दै त्यस्तो ब्यवस्था गरेको हो । निर्देशिकामा प्रतिनिधिसभामा उम्मेदवार दिन चाहने व्यक्तिले पेश गर्नुपर्ने स्वघोषणा पत्रमा सहकारी संस्थाको संचालक पदमा रही प्रचलित कानुन बिपरित आर्थिक हिनामिना गरी संस्थालाई हानी नोक्सानी नपुर्याएको हुनुपर्ने प्रावधान राखेको छ ।

Leave a comment