हाइलाइट

सहकारी बैंकको निर्वाचन स्थगन

सहकारी बैंकको निर्वाचन स्थगन :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले निर्वाचन कार्यक्रम स्थगन गरेको छ । सहकारी बैंकले सूचना जारी गर्दै निर्वाचन कार्यक्रम स्थगन गरिएको जनाएको छ । बैंकले पुष १२ गते गर्ने भनिएको संचालक तथा लेखा समितिको निर्वाचन नियामक निकायबाट संसोधित विनियम स्किृत भएर नआएकोले स्थगन गरिएको जनाएको छ ।

नियमन निकायबाट बैंकको विनियम स्किृत भएर आएपछि निर्वाचनको मिति र सम्पूर्ण कार्यतालिकाको जानकारी गराउने जनाएको छ । सहकारी बैंकले २२ औं बार्षिक साधारण सभा मंसिर १२ गते सम्पन्न गरेको थियो। राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकको विनियम संसोधनकालागि सहकारी विभागमा पठाएको र सहकारी विभागले राष्ट्र बैंकको सुझावकालागि पठाए पनि विभागमा राष्ट्र बैंकको सुझाव नआएको जनाइएको छ।



Leave a comment