हाइलाइट

साधारणसभाको संघारमै नेफ्स्कूनका लेखा संयोजकबाट राजिनामा

साधारणसभाको संघारमै नेफ्स्कूनका लेखा संयोजकबाट राजिनामा :: Sahakari Akhabar

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका लेखा सुपरिवेक्षण समितिका संयोजकले साधारणसभाको संघारमै आएर राजिनामा दिएका छन् । संघका लेखा समिति संयोजक इन्द्रराज ज्योति पौडेलले आफूले संघको उक्त पदबाट राजिनामा दिएको सामाजिक संजाल फेसबुकमार्फत जनाएका हुन् ।

संघले यही पौष ४ गते ३४ औं बार्षिक साधारण सभा गर्दैछ । साधारण सभाको संघारमै समितिका संयोजक पौडेलले आफू उक्त जिम्मेवारीमा बस्न नसक्ने जनाउँदै राजिनामा दिएको जनाएकाछन् । पौडेल संघको २०८० साल पुष ८ गते भएको निर्वाचनबाट उक्त पदमा निर्वाचित भएका थिए ।

उनले २०८२ सालको मंसिर १ गते संचालक समिति समक्ष राजिनामा बुझाएपनि संघको पुष १ गते बसेको संचालक समितिको बोर्ड बैठले राजिनामा स्विकृत गरिएको जनाए । उनले भने, ‘संघको अहिलेको प्रतिवेदनमा मैले हस्ताक्षर पनि गरेको छैन, मेरो घरायसी र आफ्नै स्वाथ्यका कारण कामगर्न नसकेर राजिनामा दिएको हुँ, अन्य कुनै कारण छैन ।

तर पनि सहकारी अभियानमा बसेर योगदान गर्ने कुनै उत्साह भएन, अभियान एक्लैले सुधार्न पनि सकिदैन ।’ पौडेलले लेखेको राजिनामा पत्रमा भनिएको छ, मेरो व्यक्तिगत कमजोर स्वास्थ्य अबस्था एवं जटिल घरायसी परिवेशले गर्दा उक्त पदमा रहि कार्यगर्न असमर्थ भएकोले यो राजिनामा पेश गरेको छु ।

यस अबधिमा मबाट कहि कतै जान अनजानमा केही कमी कमजोरी भएको भएमा सबैसंग क्षमा चाहन्छु । अन्त्यमा सहकारी अभियान सदा उच्च रहोस, नेफ्स्कून सदा बांचिरहासर, अभियानको अगुवाई गरिरहास् भन्ने कामना गर्दछु । पौडेललको राजिनामालाई सहकारी बृतमा राजनितिक हस्तक्षेपको संज्ञा दिइएको छ । सहकारीमा रानीतिक हस्तक्षेप भएकोले उनले काम गर्न नसकेको हुनसक्ने सहकारीकर्मीहरुले बताएका छन् ।



Leave a comment