काठमाडौं । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूले अव कर्जा सूचना केन्द्रको सदस्यता अनिवार्य लिनुपर्ने भएको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूले कर्जा सूचना केन्द्रको सदस्यता अनिवार्य लिनुपर्ने जनाएको हो ।
प्राधिकरणले आज १० गते सूचना प्रकाशन गरी सम्पूर्ण सहकारी संस्थाहरूलाई अनिवार्य कर्जा सूचना केन्द्रमा सदस्यताका लागि आवेदन दिन भनेको छ । सम्पूर्ण सहकारी संस्थाहरू अनिवार्य रूपमा कर्जा सूचना केन्द्रमा सदस्यताका लागि केन्द्रले सूचना जारी गरेपछि आवेदन दिइ आवश्यक प्रक्रिया पूरा गरेर सदस्यता प्राप्त गर्न प्राधिकरणले अननुरोध गरेको छ । प्राधिकरणले प्रचलित कानुन अनुसार स्थापना भएको कर्जा सूचना केन्द्रको सदस्यता प्राप्त गरी कर्जा कारोबार सम्बन्धी सूचना नियमित रूपमा आदानप्रदान गर्नुपर्ने व्यवस्था रहेको जनाएको छ ।
कर्जा सूचना केन्द्रले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थालाइ सदस्यताकालागि आवश्यक सहजीकरण गरिदिनका लागि प्राधिकरणसमक्ष आग्रह गरेको र राष्ट्रिय सहकारी नियमन प्राधिकरणको मङ्सिर ९ गते सम्पन्न बोर्ड बैठकले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सम्पूर्ण सहकारी संस्थाहरूलाई कर्जा सूचना केन्द्रमा आबद्धताका लागि आह्वान गर्ने निर्णय गरेको जनाएको छ, सूचनामा उल्लेख छ । त्यसैगरी प्राधिकरणले सम्पूर्ण बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूलाई सदस्यता प्रदान गर्न कर्जा सूचना केन्द्रलाई समेत अनुरोध गरेको छ ।

Leave a comment