हाइलाइट

दीपक तिमल्सिनालाई सर्वोत्कृष्ट सहकारी कर्मचारी पुरस्कार

दीपक तिमल्सिनालाई सर्वोत्कृष्ट सहकारी कर्मचारी पुरस्कार :: Sahakari Akhabar

काठमाडौं । काभ्रेको पनौती सुन्थानमा रहेको श्री नवदुर्गा बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत दीपक तिमल्सिना जिल्लाको सर्वोत्कृष्ट सहकारी कर्मचारी पुरस्कार २०८२ प्रदान गरेको छ । जिल्ला सहकारी संघ काभ्रेले शनिबार भएको ४४ औं साधारण सभा तथा ५८ औ स्थापना दिवसको अवसरमा तिमल्सिना लाई जिल्लाकै सर्वोत्कृष्ट सहकारी कर्मचारी पुरस्कार प्रदान गरेको हो ।

तिमल्सिनालाई दश हजार नगद सहित दोसल्ला र सम्मान पत्र प्रदान गरेको थियो ।  २०६१ सालमा श्री नवदुर्गा साकोसको कर्मचारीको रुपमा सहकारी क्षेत्रमा प्रवेश गरेका उनले यस क्षेत्रमा दुई दशक भन्दा लामो समय बिताईसकेका छन् ।

व्यवस्थापनमा स्नाकोत्तर र कानुनमा स्नातकसम्मको अध्ययन गरेका तिमल्सिना बैंक तथा वित्तीय संस्थाको पहुँचबाट टाढा रहेका विपन्न र न्यून आय भएका वर्गको सहकारी मार्फत आर्थिक तथा सामाजिक रुपान्तरण गर्न सकिने बताउँछन् । सहकारी मार्फत सदस्य र मूलुकको आर्थिक रुपान्तरण सम्भव भएको भन्दै उनले यो सम्मानले यहि क्षेत्रमा लागिरहन थप हौसला र उर्जा मिलेको बताए ।

उनले नेतृत्व गरेको श्री नवदुर्गा साकोसमा १० हजार माथि सदस्य छन् भने भदौ मसान्तसम्म १ अर्ब १६ करोड कुल सम्पत्ति पुगेको छ । संघका अध्यक्ष अमन श्रेष्ठ पोटेको सभापतित्वमा सम्पन्न सभाले तिमल्सिना सहित विभिन्न विधामा ब्यक्तिहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको थियो ।



Leave a comment