हाइलाइट

बिन्धवासिनी साकोसको ३२औं एकाईगत बार्षिक सभा सम्पन्न निर्णय प्रमाणिकरण सभा ८ गते

बिन्धवासिनी साकोसको ३२औं एकाईगत बार्षिक सभा सम्पन्न निर्णय प्रमाणिकरण सभा ८ गते :: Sahakari Akhabar

काठमाडौं । बनेपा काभ्रेमा रहेको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाको ३२औं वार्षिक साधारण सभाको एकाईगत सभा सम्पन्न भएको छ । संस्थाले असोज ३ र ४ गते विभिन्न स्थानमा एकाईगत र उप एकाईगत रुपमा साधारण सभा सम्पन्न गरेको हो ।

संस्थाले बनेपा, पाँचखाल, ढुखर्क र बानेश्वर एकाई र त्यस अन्तर्गत विभिन्न उप एकाईमा असोज ३ गते साधारण सभा गरेको थियो । यस्तै शनिबार असोज ४ गते खोपासी, पनौती र भकुण्डे एकाई र त्यस अन्तगर्त उपएकाईमा साधारण सभा सम्पन्न गरेको हो ।

साधारण सभाको निर्णय प्रमाणिकरण सभा भने असोज ८ गते संस्थाको मुख्य कार्यालय बनेपामा हुने प्रमुख कार्यकारी अधिकृत केबी लामा स्याङ्तानले जानकारी दिए । हरेक एकाई सभामा निर्णय प्रमाणिकरण सभाका लागि प्रतिनिधि छनोट भइसकेको उनले जनाए ।

संस्थामा ५९ हजार ३ सय ७१ सदस्य र १२ हजार १ सय ८६ बाल बचतकर्ता रहेको जनाइएको छ । संस्थाको चालु आर्थिक वर्षको असोज २ गतेसम्म ५ अर्ब ४३ करोड २७ लाख ७ हजार ८० रुपैयाँको कारोबार गरेको नायव प्रमुख कार्यकारी अधिकृत त्रिलोचन घिमिरेले जानकारी गराए ।

संस्थामा ५४ करोड ९० लाख ७ हजार ५ सय शेयर पुँजी, ४ अर्ब ६ करोड ४५ लाख ८६ हजार ३ सय १५ रुपैयाँ बचत छ भने ३ अर्ब ५४ करोड ३१ लाख १८ हजार ऋण लगानी गरेको छ । साधारण सभाको अवसरमा संस्थाले विभिन्न विधामा सदस्य, बाल बचतकर्ताहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ।



Leave a comment