हाइलाइट

पोखरा रोयल सहकारीमा बचत बृद्धि

पोखरा रोयल सहकारीमा बचत बृद्धि :: Sahakari Akhabar

काठमाडौं । पोखराको बुद्धचोकमा मुख्य कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थामा बचत बृद्धि भएको छ । संस्थाको चैत मसान्तसम्मको वित्तिय विवरण अनुसार संस्थामा १ करोड ५० लाख बचत बृद्धि भएको हो । संस्थामा फागुन मसान्त सम्ममा १ अर्ब ९९ करोड ५७ लाख २७ हजार ९६२ रुपैंयाँ बचत रहेकोमा चैत मसान्तसम्मा २ अर्ब १ करोड ७ लाख ७८ हजार १६४ रुपैंयाँ पुगेको जनाइएको छ।

त्यसैगरी संस्थाको ऋण लगानी समेत बृद्धि भएको जनाइएको छ । संस्थाको फागुन मसान्तसम्म १ अर्ब ६७ करोड १३ लाख ११ हजार ६४९ रुपैंयाँ ऋण लगानी रहेकोमा चैत महिनासम्म १ अर्ब ७१ करोड ४ लाख ५० हजार रुपैंयाँ लगानीमा रहेको जनाइएको छ । संस्थामा चैत समान्तसम्म १५ करोड २८ लाख शेयर पूँजी, २१ करोड १७ लाख जगेडा कोष र १२ करोड ३९ लाख ३७ हजार विभिन्न कोषमा रहेको जनाइएको छ।

त्यसैगरी २१ करोड ३० लाख ७४ हजार संस्थागत पूँजी रहेको संस्थामा २ अर्ब ५७ करोड ६८ लाख ८२ हजार ९४८ रुपैंयाँ कूल सम्पति रहेको छ । संस्थामा १० हजार १९८ जना सदस्य तथा १ हजार १९१ जना ऋणी सदस्य रहेका छन् ।

संस्थामा चैत मसान्तसम्म ३७.१० प्रतिशत तरलता अर्थात ७४ करोड ५९ तरलता रहेको संस्थाका सूचना अधिकारी मिलन ढकालले जनाएका छन । संस्थाका दुलेगौंडा तनहुँ, भण्डारडिक तथा मोहरिया कास्कीमा समेत सेवाकेन्द्र रहेका छन् ।



Leave a comment