काठमाडौं । महेन्द्रनगर कञ्चनपुरमा रहेको उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यको निशूल्क स्वास्थ्य परिक्षण गराउने भएको छ । संस्थाले यही बैशाख ६ गतेदेखि ८ गतेसम्म सदस्यको निशूल्क स्वास्थ्य परिक्षण गराउने भएको हो ।
तीन दिनसम्म संचालन हुने स्वास्थ्य परिक्षण शिविरलाई नेशनल पाथल्याव एण्ड रिसर्च सेन्टर कञ्चनपुरले सहयोग गर्ने भएको छ । स्वास्थ्य शिविरमा निशूल्क मधुमेह, रक्तचाप, मृगौला सम्वन्धि जाँच, उचाइको आधारमा विएमआई जाँच तथा निशूल्क परार्म हुने जनाइएको छ ।
त्यसैगरी शिविरमा सहुलियत दरमा थाइराइड जाँच, पाठेघर क्यान्सर जाँच र प्रोष्टेड ग्रन्थीको जाँच हुने संस्थाले जनाएको छ । उक्त दिन संस्थाका सदस्य कर्मचारीलगायतलाई स्वास्थ्य परिक्षण गराएर लाभ लिन संस्थाले सूचना जारी गरेको छ ।

Leave a comment