काठमाडौं । भक्तपुरमा जिल्लामा चारवटै नगरमा एकै समयमा नगर प्रमुखहरुको प्रमुख अतिथ्यितामा नगरस्तरीय प्रभातफेरी कार्यक्रम सहित सहकारी दिवस मनाइएको छ । चेत २० गते संघको नगर सहकारी समन्वय उपसमिति समतेको समन्वयमा मध्यपुर, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाहरुको आयोजनामा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको हो । प्रभातफेरी कार्यक्रममा ६७ वटा संस्थाहरुबाट २ हजार जना भन्दा बढी सहकारीकर्मीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा संघमा आवद्ध सदस्य संस्थाहरुमध्ये यसवर्ष जिल्ला स्तरीय युवा बचत तथा ऋण सहकारी संस्था, भक्तपुर नगरपालिकामा लोकेश्वर बचत तथा ऋण सहकारी संस्था, मध्यपुर थिमि नगरपालिकामा बालकुमारी बचत तथा ऋण सहकारी संस्था, सुर्यविनायक नगरपालिकामा सुर्वणपुर बचत तथा ऋण सहकारी संस्था र चाँगुनारायण नगरपालिकामा देवी महिला बचत तथा ऋण सहकारी संस्थालाई उत्कृष्ट सहकार िघोषणा गरेको छ। पुरस्कार संघको स्थापना दिवसमा पुरस्कृत गर्ने जनाइएको छ ।
भक्तपुर नगरपालिकामा संघको नगर सहकारी समन्वय उपसमितिको आयोजनामा जिल्लाका संघहरुको समन्वयमा दिवस कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिले सहकारी मर्यादित भई समुदायकोे सुख दुखको सारथी बन्न सके समुन्नत समाज निर्माणमा टेवा पुग्ने बताए । सहकारी आफैमा मर्यादित हुनुपर्नेमा सहकारीको मर्यादा बिपरित संचालकको मनोमानीले विकृती बढेको उनले बताए ।
सहकारी समुदायको हुनुपर्छ र समुदायका आर्थिक, सामाजिक र साँस्कृतीक विकासका लागि हुनुपर्ने उनको भनाइ थियो । भक्तपुर नगरपालिकामा सूचिकृत तथा दर्ता नभएका कुनै पनि सहकारीमा बचत नराख्नको लागि प्रमुख प्रजापतिले अनुरोध गरे ।
उनले नगरवासीको बचत सुरक्षा गर्ने नगरपालिको दायित्व भएकोले सहकारीमा समस्या आउन नदिन सुधारात्मक अनुगमनलाई जोड दिएको बताए । देशमा युवा वर्ग बिदेसिने क्रम बढ्दै गएको भन्दै सहकारीको माध्यमबाट युवा शक्तिलाई स्वदेशमै उत्पादन तथा उद्यम क्षेत्रमा लाग्न प्रेरित गर्नुपर्ने उनले बताए ।
संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले यस बर्ष ६८ औं राष्ट्रिय सहकारी दिवस “मर्यादित सहकारी: समुन्नत समाज“ भन्ने नाराका साथ मनाइएको जानकारी दिए । सरकारले सहकार्री अध्यादेश र नेपाल राष्ट्र बैंकको निर्देशन जारीगर्दै मर्यादित बनाउन खाजेको भएता पनि तत्कालीन सहकारी समस्यामा परेका सदस्यहरुको बचत सुरक्षा गर्नुपर्नेमा सहकारी ठगहरुलाई पृष्ठ पोषण गरेको बताए ।
संघका सचिव एवं नगर सहकारी समन्वय उपसमितिका संयोजक जगनाथ प्रजापतिले स्वागत गर्दै सहकारी अभियान र नियमन निकाय फरक भएकोले सहकारी अभियानले गर्नुपर्ने काम अभियानबाट नै गर्न÷गराउन नियमन निकायले साथ सहयोग गर्नुपर्ने बताए । उनले नियमक निकायले सहकारीको प्रभावकारी अनुगमन गरी निरन्तर शिक्षा तालिम दिनुपर्ने बताए । प्रभातफेरी कार्यक्रमको संचालन उपसमितिका सदस्य राजन जतिले गर्नु भएको थियो ।
Leave a comment