हाइलाइट

सबैको साकोसलाई लुम्बिनी प्रदेशको उत्कृष्ट सहकारी पुरस्कार

सबैको साकोसलाई लुम्बिनी प्रदेशको उत्कृष्ट सहकारी पुरस्कार :: Sahakari Akhabar

काठमाडौं । तिलोत्तमा ५ रुपन्देहीमा रहेको सबैको बचत तथा ऋण सहकारी संस्थाले यो वर्षको उत्कृष्ट सहकारी पुरस्कार प्राप्त गरेको छ। ६८ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा लुम्बिनी प्रदेश कृषि, भूमि ब्यवस्था तथा सहकारी मन्त्रालयले यस बर्षको उत्कृष्ट सहकारी पुरस्कार सवैको साकोसलाई प्रदान गरेको हो।

कार्यक्रममा मुख्य मन्त्री चेतनारायण आचार्यले पुरस्कार प्रदान गरेका थिए । कृषि भूमिब्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश भरिमा उत्कृष्ट विभिन्न बिधाका ४ वटा सहकारीहरुलाई पुरस्कृत गरिएको थियो ।

समारोहमा मुख्य मन्त्री आचार्यले सहकारी समाजवादी अर्थतन्त्र मेरुदण्ड हो भन्ने कुरामा प्रदेश सरकार विश्वस्त रहेकोले सहकारीको विकास, सहजीकरण र नियमनमा योजनाबद्ध रुपमा लागेको बताए । उनले बाहिरबाट प्रवेश गरेका विचौलिया र छद्म ब्यक्तिहरुले सहकारीको बदनाम गरेको बताए ।

कार्यक्रममा कृषि भूमि ब्यवस्था तथा सहकारी मन्त्री पन्थीले सहकारीलाई प्रदेश सरकारले कार्यसम्पादन मूल्यांकनले असल सहकारी र कमसल सहकारीको वर्गिकरण गर्न सकिने र कमसललाई सच्याउन अवसर मिल्ने बताए ।

कार्यक्रममा सबैको साकोसका अध्यक्ष भरतराज भूसालले सहकारीहरुको कार्यसम्पादन मूल्याङ्कन गरी सहकारीहरुको बर्गिकरण गर्ने कार्यले राम्रो गर्नेलाई हौसला र कमजोर कार्यसम्पादन भएकालाई सुध्रिने अवसर प्राप्त हुने हुँदा कार्यसम्पादन मूल्याङ्कन गर्ने कार्य हरेक बर्ष निरन्तर गर्नुपर्ने बताए ।

उनले आवश्यक पर्छ भने सहकारी संस्थाहरुले अनिवार्य रुपमा तिर्ने सहकारी प्रवद्र्धन कोषको  रकम सो कार्यमा खर्च गर्दा पनि सहकारीको प्रर्वधन हुने बताए ।

उनले मोफसलका सहकारीहरुमा संकट नभएको र आयातित र शक्ति केन्द्रबाट निर्देशित सहकारी दर्ताका कारण समस्या भएको बताए ।

प्रदेश नियमन क्षेत्रमा रहेका सहकारीको कार्यसम्पादन मूल्यांकनमा प्रदेश मन्त्रालयले पल्र्स, सदस्य केन्द्रियता र सुशासनका क्षेत्रमा विभिन्न सूचक निर्धारण गरि संस्थाहरुको सघन मुल्यांकन गरेको थियो ।

संपरिक्षणमा ८४८ सहकारी परेका थिए । कार्यक्रममा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी र राप्ती गाउपालिका अध्यक्ष प्रकाश विष्टले समेत शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।



Leave a comment