हाइलाइट

संघिय सहकारी विभागको रजिष्ट्रारमा उमेश ढुङ्गाना

संघिय सहकारी विभागको रजिष्ट्रारमा उमेश ढुङ्गाना :: Sahakari Akhabar

काठमाडौं । संघीय सहकारी विभागको रजिष्ट्रारमा उमेश ढुङ्गाना नियुक्त भएका छन् । रजिष्ट्रार पिताम्बर घिमिरेले सरूवा लिएसँगै ढुङ्गाना विभागको रजिष्ट्रारमा नियुक्त भएका हुन् ।

घिमिरेको सरूवासँगै दुइसाता पछि विभागको रजिष्ट्रारमा ढुङ्गाना आएका छन् । सरकारले अध्यादेशमार्फत सहकारी नियमन प्राधिकरण गठन गरेसँगै अब विभागमा रजिष्ट्रारको आकर्षण कम भएको सहकारीकर्मीहरुको अडकल छ ।

२५ करोडभन्दा माथि वित्तीय कारोबार गर्ने संस्थाको नियमन प्राधिकरणमार्फत गरिने भएको छ । यससँगै विभागको भूमिका र काम समेत घटेर गएकाले रजिष्ट्रार पदमा आकर्षण घटेर गएको सहकारीकर्मीहरुको भनाइ छ ।



Leave a comment