हाइलाइट

सहकारी अभियानको पाठशाला हो ‘नेफ्स्कून’

सहकारी अभियानको पाठशाला हो ‘नेफ्स्कून’ :: Sahakari Akhabar

नेफ्स्कून साकोसहरुको अभिभावक हो । नेफ्स्कूनले बचत तथा ऋण अभियानलाई अहिलेको अवस्थासम्म ल्याइपुर्याउन धेरै मेहनत गरेको छ । तरपनि त्यही अभिभावकले अभियानलाई यहासम्म ल्याउन गरेको मेहेनतको मूल्याङकन भने भएको छैन । कहिले काँही त्यही अभिभावकबाट हुने सानो कमजारीहरुलाई ठूलो इस्यु बनाइरहनु पर्छ भन्ने लाग्दैन ।

नेपालमा नैतिक शिक्षाको कमी छ, पाठ्यक्रमबाटै नैतिक शिक्षा हटाइएको छ । यसैका कारण सहकारीमा पनि नैतिक शिक्षाको कमी भएको होला भन्ने लाग्छ । पछिल्लो समय केही कमी कमजोरी भएका होलान, त्यो भनेको ब्यक्ति विषेशका कुरा हुन्, केही राजनीतिकरणका कुराहरु पनि भएका होलान, तर अभिभावक निकाय आफ्नो स्ट्याण्डमा रहेको छ ।

ब्यक्ति कमजोर भए होलान, उसको कमजोरी भएको होला तर साकोस अभियान कमजोर छैन । नेफ्स्कून थिएन भने, जनउत्थान जस्ता संस्था नेपालमा रहिरहने थिएनन् । साकोसलाई नीति र विधिमा संचालन गर्नुपर्छ, सुशासनमा संस्था संचालन गर्नु पर्छ भनेर नेफ्स्कूनले नै हो सिकाएको । भलै ब्यक्ति कसले के गर्यो ? कसको पालामा कसले के भन्यो ?  नेतृत्वमा को ब्यक्ति आयो, गयोसंग साकोस अभियानले महत्व राख्दैन ।

तर सहकारीमा जोखिमको क्षेत्र पहिचान गरी बच्न सिकाउने, सहकारी ब्यवस्थित रुपमा संचालन गर्न नीति बनाएर पढाउने नेफ्स्कून नै हो । सहकारीका संचालक र कर्मचारीलाई नेफ्स्कूनले नै शिक्षा तालिम दिइरहेको छ। सहकारीमा सदस्यको भूमिका, सहकारीमा तरलता ब्यवस्थापनका कुरा, जोखिम न्यूनिकरणका कुरा, ब्यवस्थित र मर्यादित संस्था बन्नेजस्ता यावत कुरा सहकारीकर्मीले विद्यालय र कलेजमा त पढेका कसैले छैनन् ।

त्यसकोलागि ३२ वर्षदेखि अभियानमा नेफ्स्कून नै त थियो । त्यसैले अभियानमा नेफ्स्कून सहकारीको पाठशाला नै हो । सिकेर लागु गर्ने सफल भए र छन् पनि । सिक्न नचाहने, नेटवर्कमा जोडिन नचाहने र सिकेको कुरा लागु नगर्ने असफल भएका छन् । सहकारीमा राष्ट्रिय अन्तराष्ट्रिय अभ्यासहरु पनि भित्र्याएको नेफ्स्कूनले नै हो ।

राम्रो गर्ने संस्थालाई प्रोत्साहन गर्ने र हौसला प्रदान गर्ने काम पनि नेफ्स्कूनले गर्दैआएकोले साकोस अभियानले उचाइ पाएको छ । देशमा १४ हजार साकोस छन् भनिएको छ, नेफ्स्कूनमा पुग नपुग ५ हजार मात्र आवद्ध छन् । त्यो होला, संघले सबै संस्थालई समेट्न सकिरहेको छैन ।

यहाँ नाम मात्रका साकोसको संख्या धेरै छ, अभियानमा जोडिएर संघको नीति नियम मानेर संगै अघि बढ्नसक्ने संस्थाको संख्या आधा भन्दा पनि कम छ । र सबैलाई एकैचोटी लिएर जान्छौं भनेर संघ लाग्यो भने असफल हुन्छ । त्यसैले बिस्तारै बिस्तारै सबै संस्थालाई समेट्दै उनीहरुको स्तर वृद्धि गर्दै जानुपर्छ ।

सहकारी अभियानमा हेर्ने हो भने ९० प्रतिशत सकरात्मक काम र १० प्रतिशत नकरात्मक काम भएको छ । तर १० प्रतिशतले ९० प्रतिशतलाई छाँयामा पारेको चाही पक्कै हो । राज्यका साथै सरोकारवालाहरुको पनि १० प्रतिशतमा मात्र आँखा गयो ९० प्रतिशतमा गएन । 

भिडलाई ब्यवस्थापन गर्न सकिदैन त्यसैले संस्थाको स्तर वृद्धि गरेर मात्र संघले सवैलाई समेट्नु पर्छ भन्ने लागेको छ । अभियानको नेटवर्कमा जोडिन स्वतस्फूर्त रुपमा आएको संस्थालाई संघले संरक्षण पनि गर्छ त्यस्ता संस्था टिक्छन् पनि नेटवर्कमा नआउने संस्थाको भविश्य अन्यौल नै छ ।

अहिले सहकारी अभियानका विषयमा खासै सकरात्मक कुरा सुन्न पाइएको छैन । नकरात्मक विषय नै वढी चर्चा भएको देखिएको छ । तर सहकारीका विषयमा जति नकरात्मक कुरा बजारमा आएको छ, त्यतीबिधि नकरात्मक पनि छैन सहकारी । हुनत सकरात्मक कुरा भन्दा छिटो र धेरै नकरात्मक कुराको नै चियो र चासो हुन्छ । सकरात्मक भन्दा बढी नकरात्मक कुराको चासो र चर्चा गर्ने, मानविय स्वभाव नै हो ।

सहकारी अभियानमा हेर्ने हो भने ९० प्रतिशत सकरात्मक काम र १० प्रतिशत नकरात्मक काम भएको छ । तर १० प्रतिशतले ९० प्रतिशतलाई छाँयामा पारेको चाही पक्कै हो । राज्यका साथै सरोकारवालाहरुको पनि १० प्रतिशतमा मात्र आँखा गयो ९० प्रतिशतमा गएन ।

तिस हजार संख्या भएको सहकारी क्षेत्रमा अलिकती कही न कही कमी कमजोरी त भइहाल्छन् नी, केही समस्या त आइहाल्छ नी समस्या आयो भन्दैमा सबै सहकरी खराव भन्नु गलत हो । सहकारी क्षेत्रमा समस्या आयो भनेर नै सुद्धिकरणको लागि सरकार लागिरहेको छ । समस्या नभएको क्षेत्र कही कतै छैन र हुँदैन पनि, कुनै पनि क्षेत्र समस्या र विकृति मुक्त छैन् ।

एउटै आमा बुबाका सन्तान त फरक फरक चरित्रका हुन्छन् भनेपछि सहकारी त अभियान हो । समस्या आयो भने सुधार्दैलानु पर्छ । अहिलेको अवस्थामा सहकारी क्षेत्रमा घटेका घटनाहरु सुद्धिकरणका लागि हो भन्ने सकरात्मक रुपमा लिनुपर्छ । राज्यले पनि सहकारी सुद्धिकरणकै लागि प्राधिकरण स्थापनालगायतका काम गर्नखोज्दै छ । यो सबै सहकारीमा राम्रोको लागि हो ।

सहकारीमा पनि अहिलेका जस्ता घटना ०७१ / ०७२ साल तिरै हुनुपथ्र्यो अझ ढिलो भएको हो । तरपनि यो सुद्धिकरण अभियान हो भन्ने बुझ्नुपर्छ, ‘देर आया दुरुस्त आया’ भन्ने भएको छ । चैतमा पखाला लाग्नुपर्छ भनेजस्तै भएको हो सहकारीमा गलत नियत भएका, गलत काम गरेका, सहकारीको खोल ओढेकाहरु चैतमा पखला लागेजस्तै पाखा लागेर जान्छन् ।

बर्तमान अवस्थामा सहकारी खत्तम भयो भनेर रुवाबासी गर्नुपर्ने आवश्यकता छैन, सक्षम सहकारीहरु रहिरहेका छन्, त्यस्ता संस्थालाई केही भएको छैन । सहकारी कानुनले उद्देश्य अनुसार काम गर्नु भनेको छ । बचत तथा ऋण सहकारीले सदस्य समृद्धिका लागि बचत तथा ऋणको नै काम गर्नु पर्यो ।

साकोसहरुले सदस्यको ब्यवसायकालागि लगानी गरिदिएर, उद्यमी बनाइ स्वरोजगार र रोजगार सिर्जना गर्नु नै हो अनि आम सदस्यलाई बचतको बानि बसाल्ने हो, हिजोको दिन देखि साकोसहरुले गरेको पनि त्यही हो। आम नागरिकमा वित्तिय पहुँच पुर्याउने साकोसहरु नै हुन् । संगसंगै सदस्यहरुलाई उद्यमी बनाउन विभिन्न तालिम शिक्षा प्रदान गर्ने र सदस्यहरुलाई सल्लाह सुझाव समेत प्रदान गर्दै समाजको आवश्यकता अनुसार संगसंगै हिड्ने काम सहकारीको हो ।



Leave a comment