वर्तमान अवस्थामा साकोसका माउ निकायहरु यो अभियानलाई कसरी सुरक्षित बनाउने भन्ने हिसावमा लागिरहेको देखिन्छ । खासगरि नेफ्स्कूनले बचत तथा ऋण सहकारीलाई ब्यवस्थित गर्न छुट्टै ऐनको लविङ पनि गरिरहेको छ, यो पनि बचत सहकारीलाई सुरक्षित गर्ने नै सोच हो भन्न सकिन्छ ।
नेफ्स्कूनले सदस्य संघ संस्थालाई पहिलादेखि नै सुरक्षित गर्दै लगेको पनि छ । एक्सेस, प्रोवेशनजस्ता कार्यक्रम यसका उदाहरण हुन । जुन संस्था यो नेटवर्कमा जोडिएका छन् ति संस्थामा समस्या छैन पनि ।
केही समस्या भएपनि नगन्य अवस्था मात्र छ, नेफ्स्कूनको मार्ग निर्देशनमा रहेका सहकारीमा अहिलेसम्म समस्या देखिएको छैन । अभिभावक संघको मार्गनिर्देशन भन्दा बाहिर रहेका केही ठूला संस्थामा समस्या छ ।
नेफ्स्कूनको मार्गनिर्देशनले नै साकोसलाई सुरक्षित बनाएको छ । र साकोसलाई विगार्ने भन्दा पनि सुरक्षित र ब्यवस्थित बनाउन संघले भूमिका खेलेको देखिन्छ । यसमा ब्यक्ति गौंढ हुन्छ, संस्था अगाडी आउँछ ।
बजारमा साकोस र साकोस अभियानका बारेमा धेरै विषय आएको सुनेको छु, यो बजार हो, हल्ला त भइहाल्छ नी तर अहिलेको अवस्थामा नेफ्स्कूनको छाता भित्र धेरै संस्थाले सुरक्षित भएको महसुस गरेका छन् ।
संघको भूमिका अझै कम भएको र बढाउनुपर्नेमा भने दुईमत छैन, तर उहाँहरु लागिरहनुभएको छ यसमा पहुँच नपुगेको हुनसक्छ भूमिका चाँही नेगेटिभ छैन् ।
सहकारी ब्यक्ति विषेश नभएर समुदाय विषेश हुनुपर्छ, समाजका लागि स्थापना भएका संस्था टिकेका पनि छन् । जति पनि सहकारी समस्यामा छन् ति संस्था एउटा ब्यक्तिले चलाएको, ब्यक्तिगत ब्यवसयकालागि स्थापना भएका संस्थाहरु हुन् ।
अभिभावक निकाय वा भनुँ सहकारीको नेटवर्कमा नजोडिएका संस्था समस्यामा परेकाछन् । त्यसैले सहकारीहरु अभियानको नेटवर्कमा आउन पनि जरुरी छ । र सहकारी संस्था सामाजिक संस्था हुनुपर्छ, समाजकोलागि हुनुपर्छ ।
Leave a comment