हाइलाइट

सहकारी पिडित बचतकर्ता संग महासंघको छलफल

सहकारी पिडित बचतकर्ता संग महासंघको छलफल :: Sahakari Akhabar

काठमाडौं । सहकारी पिडित बचतकर्तासंग राष्ट्रिय सहकारी महासंघले अनौपचारिक छलफल गरेको छ । महासंघले १७ गते सहकारी बैंकले काठमाडौंमा आयोजना गरेको सहकारीका समस्या र चुनौती विषयक गोष्ठिमा पिडितसंग अनौपचारिक छलफल गरेको हो ।

संघले पिडितसंग केही दिनमै महासंघमा औपचारिक छलफल गरी पिडितका समस्याका बारेमा राज्यसंग लविङ गर्ने जनाएको छ । छलफलमा महासंघकी अध्यक्ष ओमदेवी मल्ल, बरिष्ठ उपाध्यक्ष रमेश पोखरेल तथा संचालक टेकप्रसाद चौलागाई रहेका थिए ।

छलफलमा अध्यक्ष मल्लले हरेक फोरममा सहकारी पिडितका बारेमा बहस गर्नेगरेको बताइन । सहकारी पिडितले न्याए नपाएसम्म सहकारी नेताको शिर उच्च नहुने उनको भनाइ थियो । उनले भनिन्, “जवसम्म सहकारी पिडितले न्याए पाएर सडक छाड्दैनन् तवसम्म सहकारीको इज्जत हुदैन ।” अध्यक्ष मल्लले राज्यसंग सहकारी पिडितका समस्या समाधान गरिदिन बाराम्बार आग्रह गरिरहेको बताइन् ।

सहकारी पिडित संग पर्याप्त छलफल गरी निकासका लागि सुझाव पनि मागेकी थिइन् । उनले समस्या समाधानका सुझाव सहित महासंघसंग छलफलमा आउन अनुरोध गर्दै अध्यक्ष मल्लले सहकारी पिडितका समस्या समाधानकालागि सरोकारवालासंग पहल गर्ने बताइन ।

सहकारी पिडितहरुले आफूूहरुलाई आन्दोलनकारीको संज्ञा दिएकोमा गुनासो गरेका थिए । आफूले राखेको बचत फिर्ता माग्न जाँदा आन्दोलनकारी भएको पिडा पोखेका थिए । उनीहरुले राज्यले बाराम्बार सम्झौता गर्दै तोड्दै गरेर कार्यान्वयन नगरेको बताए ।

उनीहरुले आफूहरुले गरेको आन्दोलन सहकारी मास्ने नभइ बचाउने नै भएको बताए । आफूहरुले सहकारीका समस्याको समाधान पनि सरकारलाई बुझाएको भएपनि त्यसलाई वेवास्ता गरेर झुक्याउने मात्र काम भएको उनीहरुको भनाइ थियो । १९ महिनादेखि सडकमा आन्दोलनरत रहेको र देशभर १४ लाख सहकारी पिडित रहेको उनीहरुको दावी थियो ।



Leave a comment