हाइलाइट

६ दिने आधारभूत सहकारी व्यवस्थापन तालिम सम्पन्न

६ दिने आधारभूत सहकारी व्यवस्थापन तालिम सम्पन्न :: Sahakari Akhabar

काठमाडौ । बागमती प्रदेश सहकारी संघले ६ दिने आधारभूत सहकारी व्यवस्थापन तालिम सम्पन्न गरेको छ । प्रदेश सहकारी विकास बोर्डको वित्तीय सहयोग तथा  बागमती प्रदेश सहकारी संघको प्राविधिक सहयोगमा उपभोक्ता सहकारी संघको आयोजनामा फागुन २७ गतेदेखि चैत्र २ गतेसम्म सम्पन्न भएको छ ।

उपभोक्ता संघका अध्यक्ष सूर्यप्रसाद शर्माको अध्यक्षतामा भएको तालिममा बागमती प्रदेश सहकारी संघका अध्यक्ष एवं प्रदेश सहकारी विकास बोर्डका सदस्य रामशरण शर्मा घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो ।

केन्द्रीय उपभोक्ता सहकारी संघका सञ्चालक चन्द्र बहादुर ठकेरी, जिल्ला सहकारी संघ ललितपुरका सचिव अनिलबीर बज्राचार्य, बागमती प्रदेश सहकारी संघका व्यवस्थापक रुपक घिमिरे, ललितपुर महानगरपालिका सहकारी शाखाका अधिकृत चन्द्रलाल डंगोललगायतको आतिथ्यता रहेको थियो ।

तालिममा १८ वटा उपभोक्ता सहकारीहरुबाट ३० जनाको सहभागिता रहेको थियो । तालिमको सहजिकरण अनिलबीर बज्राचार्य र रुपक घिमिरेबाट भएको थियो ।

कार्यक्रममा रामशरण शर्मा घिमिरेले सहकारी सञ्चालनमा सहकारीका सञ्चालक र कर्चारिहरुको क्षमता वृद्धि गराएर प्रभावकारिता बढाउनका लागि यस किसिमको तालिमले सहयोग पुर्याउने बताए ।

चन्द्रलाल डंगोलले ललितपुर महानगरपालिकाले सहकारीका सञ्चालक र कर्मचारीहरुको क्षमता विकासका लागि जिल्लाभित्र रहेका छाता संघ, बचत संघ र बहुउद्देश्यीय संघहरु मार्फत निरन्तर तालिम कार्यक्रम सञ्चालन गरिरहेको बताए ।

कार्यक्रमका सूर्यप्रसाद शर्माले उपभोक्ता संघ अब सक्रिय भएर विभिन्न निकायहरु सँगको सहयोग र सहकार्यमा यस प्रकारको तालिम कार्यक्रम सञ्चालन गरिने बताए । सचिव तिलक बहादुर पुलामी मगरले कार्यक्रम सञ्चालन गरेका थिए ।



Leave a comment