काठमाडौं । थानकोटमा मुख्य कार्यालय रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले विद्यार्थीहरुसंग वित्तिय साक्षरता कार्यक्रम गरेको छ । संस्थाले फागुन १३ गते थानकोट चेकपोष्टमा रहेको श्री प्रभात मावि कक्षा १० का विद्यार्थीलाई वित्तिय शिक्षा दिएको हो ।
संस्थाले उक्त विद्यालयमा अध्ययनरत ५० जना छात्र छात्राहरुमाझ वित्तीय साक्षरता तथा सहकारी शिक्षा कार्यक्रम संचालन गरेको छ । कार्यक्रममा सहभागि छात्रछात्राहरुलाई सहकारीको इतिहाँसका साथै बचतको महत्वको बारेमा सस्थाका नायव प्रमुख कार्यकारी अधिकृत कविन्द्र धौबन्जारले जानकारी दिएका थिए । कार्यक्रमलाई प्रभात माविका शिक्षक शरद कुँवरले सहजीकरण गरेका थिए ।
Leave a comment