संकट मोचनका निमित्त संस्था खोलिन्छ । तर, अहिले नेपालमा संकट भित्र्याउने अभियानको रुपमा सहकारी देखिएको छ । यो भनेको केही सहकारी संस्थामा आएको समस्याका कारण हो । हामीले अध्ययन गरे अनुसार ३१ हजार भन्दा बढी सहकारी संस्था मध्ये ८० देखि ९० वटा नियतबस् सहकारी मैत्री नभई सहकारीको मूल्य मान्यता नीति नियम भन्दा बाहिर रहेका अपराधिक मानसिकताले संस्था सञ्चालन गरे ।
आफै सञ्चालक हुने, आफै ऋणी हुने, आफै कर्मचारी हुने । सबै संकलीत पैसा आफूले उपयोग गर्ने गरेका कारण संस्था संकटमा परे । तिनीहरुको नकरात्मक प्रभाव अहिले ४ सय देखि ५ सय संस्थामा पर्यो । तर, ३१ हजार भित्र राम्रा काम गर्ने धेरै सहकारी संस्था छन् ।
हामीले राज्यलाई कन्भिन्स् गर्नका निमित्त विभिन्न ठाउँमा घुमाउनु पर्यो । अहिले राज्य लगभग कन्भिन्स भएको छ । अभियानको भनाई भनेको गलतलाई गलत भन्ने, गलत गरेकालाई कार्वाही गर्ने र गलतको प्रभाव बाट असर परेका संस्था लाई संरक्षण गर्ने अनि राम्रा संस्थालाई हेरेर नीति नियम बनाउने तथा अझै गुणात्मक रुपमा सहकारी अभियानलाई अगाडि बढाउनु पर्छ भन्ने कुरा हो । अहिले महासंघ पनि यही किसिमले अगाडि बढिरहेको छ ।
नितिगत रुपले हामी केही कुराहरुमा तत्काल काम गर्दै छौं । राज्यले उच्चस्तरीय कार्यदल बनाएको छ । सरकार कन्भिन्स भएर अगाडि बढिरहेको छ । यो संकट चाहिँ अभियानले मात्र हैन, दर्ता गर्दिने निकायले पनि अलिकति संरक्षण गर्ने कुरा हेर्ने कुरा, अनुगमन गर्ने कुरा, सेवा विस्तार गर्ने कुरामा प्रदान गरिने शाखा उप शाखाशाहरु स्विकृति गर्ने कुराहरुमा ख्याल गर्नुपर्छ ।
बास्तवमा राज्यले अहिले भएको सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ लाई पूर्ण रुपमा कार्यान्वयन गरिदिएको भए अहिलेको संकट आउने थिएन । त्यहाँ सहकारी कर्जा सूचना केन्द्रको व्यवस्था छ, राज्यले ल्याईदिएन । त्यहाँ भित्र कर्जा असुली न्यायाधिकरणको व्यवस्था छ, राज्यले ल्याईदिएन ।
त्यहाँ भित्र निक्षेप कर्जा सुरक्षणको व्यवस्था छ, राज्यले कार्यान्वयन गर्दिएन । फण्ड परिचालनका निमित्त सहकारी प्रवर्दन कोषको वितरण गर्ने व्यवस्था छ, अहिले पनि ९ करोड भन्दा बढी छ । धेरै संस्थाले बुझाउन बाँकी छ । करिब १८ ÷ २० करोड पैसा हाम्रा संघसम्म आउन सक्छन् । यो कुरा राज्यले गर्दिएन ।
सहकारी ऐन बनेको पनि ६ बर्ष भयो । भएको ऐनलाई कार्यान्वयन भएन गरिदेउ भनेऔं तर, राज्यले सुनेन । संकट आएपछि अहिले राज्य कन्भिन्स भएको छ । हामी यसलाई कार्यान्वयन गर्ने अन्तिम चरणमा पुगेका छौं । यो भयो भने एक खालको वातावरण सकारात्म कबनेर जान्छ ।
संस्थाको सञ्चालनमा पनि केही समस्याहरु देखिएको छ । कतिपय साथीहरु अहिले पनि संस्थाले के गर्छ भन्ने कुरामा प्रष्ट रुपमा जानकार हुनुहुन्न । मेरो संस्था हो । मैले चलाउने अनि ठेकेदारी प्रथाबाट चलाउने । संस्था किनबेच हुने । संस्था मेरो हैन हाम्रो हो । संचालक समितिले रेखदेख गर्ने हो । संस्थाले सदस्यको हित हुने काम गर्छ ।
अर्को कुरा संघहरुले सकारात्मक सुझाव दिनुपर्ने हुन्छ । हामीले संघहरुको स्पष्टताको बारेमा छलफल गरिरहेका छौं । एउटा प्रारम्भिक सहकारी संस्थाले कति ठाउँसम्म सदस्य बन्ने, कति ठाउँमा आवद्धता हुने र कुन संरचनाले एकिकृत राख्ने र त्यसको अधिकार सूचिहरु के के हुने ? यसबारेमा छलफल गर्दैछौं ।
एडभोकेसी गर्ने कुरामा संघले महत्वपूर्ण भूमिका खेल्नुपर्छ । प्रारम्भिक सहकारीलाई आवद्धता हुने, बोज पनि नहुने गरी संरचनागत पनि देखिने र राज्यको ऐन नियमको पनि पालना हुनेगरी उचित व्यवस्थापन गर्न अभियान लागिपरेको छ । अर्को भनेको दोस्रो तहको निकाय राज्यले तत्काल बनाउन लागेको छ । अभियानले पनि यसमा सहयोग गरेको छ ।
हामीले केही हप्ता भित्र नै अनुगमन निरिक्षण देखि सुविधा समेत प्रदान गर्नेगरी एसटीआई बनाउँदै छौं । जस्तो भारत मानवार भन्ने छ, उसले सपोर्ट गर्छ । सपोर्ट गर्नेहरुकालागि मात्र उसले अनुगमन र निरिक्षण गर्छ । हामीचाहिँ आवद्धता गराउने र खासगरी बचत तथा ऋणका संस्थाहरुलाई यहाँ भित्रबाट कन्ट्रोल गर्ने गरी राज्य लागेको छ ।
अभियानले त्यसलाई समन्वय गरिरहेको छ । बजेटमा पनि आएको थियो । यो आज भन्दा करिब आठ बर्ष अगाडि डा. युवराज खतिवडाको संयोजकत्वमा सरकारले कार्यदल बनाएको थियो । हामीले सुझाव दिएका थियौं । अहिले त्यो कार्यान्वयनको अन्तिम चरणमा छ । अहिले भएको विकृतिलाई यो कार्यले नियन्त्रण गर्ने छ ।
संस्थाको सञ्चालनमा पनि केही समस्याहरु देखिएको छ । कतिपय साथीहरु अहिले पनि संस्थाले के गर्छ भन्ने कुरामा प्रष्ट रुपमा जानकार हुनुहुन्न । मेरो संस्था हो । मैले चलाउने अनि ठेकेदारी प्रथाबाट चलाउने । संस्था किनबेच हुने । संस्था मेरो हैन हाम्रो हो । संचालक समितिले रेखदेख गर्ने हो । संस्थाले सदस्यको हित हुने काम गर्छ ।
यसको मूल मर्म नै एककालागि सबै, सबैका लागि एक भन्ने हो । यो सबै बुझ्नको लागि संस्थाहरु सञ्चालनमा एक रुपता ल्याउन पनि जरुरी छ । खासमा संघहरुले यो भूमिका निर्वाह गर्नुपर्छ । यो किसिमले एउटा मापदण्ड तयार गर्ने र यसलाई क्रियाशिल गराउने गरी लाग्नुपर्छ । संघ सक्रिय भयो भने विभिन्न निकायमा हाम्रो सहभागिता र सहयोगको वातावरण बन्न सक्छ।
हामीले उत्पादनलाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ । बचत तथा ऋणको मात्र काम भएको छ । उत्पादनलाई बढाउन बचत पनि आवश्यक छ । बचत तथा ऋणमा ठूलो जिम्मेवारी हामीले पूरा गरेका छौं । सहकारीबाट ४ / ५ सय साना ठूला उद्योग चलेका छन् । यसलाई बढाउँदै लैजानुपर्छ । कृषिसँग जोडिएको उत्पादनलाई बढाउनेगरी काम गर्नुपर्छ । यसतर्फ कृषि संघले ध्यान दिनुपर्छ ।
(प्रदेश कृषि सहकारी संघ कोशीप्रदेशको साधारण सभामा ब्यक्त बिचारको सम्पादित अंश)
Leave a comment