काठमाडौं । राष्ट्रिय सहकारी महासंघको निर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्र निकट सहकारीकर्मी सहभागी नहुने भएका छन् ।
दवै पार्टीका सहकारी विभाग प्रमुखले आज पत्रकार सम्मेलन गरी आफूहरु सहकारी महासंघको निर्वाचनमा सहभागी नहुने बताएका हुन् ।
निर्वाचनमा सहमतीका नाममा एमाले निकट सहकारीकर्मीले सम्मानजनक सहभागीता र सहकार्य गर्ने विषयमा कञ्जुस्याई गरेकोले दुई पार्टी निकट सहकारीकर्मीले सहभागीता नहुने निणर्य गरेका हुन् ।
नेपाली कांग्रेस सहकारी विभाग प्रमुख देवेन्द्रराज कंडेल र माओवादी केन्द्रका सहकारी विभाग प्रमुख लिलामणि पोख्रेलले निर्वाचनामा सहभागी हुन आएका प्रतिनिधिहरुसंग सल्लाह गरी निर्वाचनमा भाग लिन नसकिने बताए ।
उनीहरुले सहकारी महासंगमा आउने एमाले निकट सहकारीकर्मीलाई बाहिर बसेरै सहयोग गर्ने र सहकारी अभियान बलियो बनाउन सहयोग गर्नेगरी आफूहरु निर्वाचनमा भाग नलिने निणर्य भएको जनाए ।
नेपाली कांग्रेस सहकारी विभाग प्रमुख देवेन्द्रराज कंडेलले सहकारी अभियानमा अझै जुझारु रुपले लाग्ने र अभियानको शाख उच्च बनाउन आफू जहिलेपनि सहयोग गर्ने बिचार राखे ।
निर्धारित कार्यक्रम अनुसार आज उम्मेदवारी कार्यक्रम रहेको भोली पुष ८ गते निर्वाचन प्रकृया रहेको थियो ।साधारण सभामा देशभर बाट ३ सय जना भन्दा बढीको उपस्थिति रहेको थियो ।
Leave a comment