हाइलाइट

सहकारी महासंघको निर्वाचन तालिका सार्वजनिक 

सहकारी महासंघको निर्वाचन तालिका सार्वजनिक  :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी महासंघको निर्वाचन कायृक्रम तालिका सार्वजनिक भएको छ । संघको विनियमको दफा २२(१) वमोजिम अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू र सदस्यहरू गरी जम्मा २४ पदको र लेखा सुपरिवेक्षण समितिको संयोजक र सदस्यहरू ३ पदको निर्वाचनको लागि निर्वाचन कार्यक्रम सार्वजर्निक भएको हो ।

महासंघको पुष २७ र २८ गते निर्वाचन सहितको ३१ औं बार्षिक साधारण सभा हुँदैछ । निर्वाचनकालागि २८७ केन्द्रीय प्रतिनिधि कायम भएका छन् । प्रतिनिधिहहरुमा बागमतीबाट ८८ जना, कोशी प्रदेशबाट ५८ सदस्य, मधेशबाट ३०, गण्डकीबाट ३७, लुम्बिनीबाट ३७, सुदुरपश्चिमबाट २३ र कर्णालीबाट १४ जना प्रतिनिधि रहेका छन । महासंघमा ३१८ सदस्य संघहरु आवद्ध रहेका छन् ।

महासंघको स्विकृत निर्वाचन निर्देशिका अनुसार संचालक समितिमा महिलाका लागि ८ कोटा कायम छ भने लेखा सुपरिवेक्षण समितिमा कम्तिमा १ जना महिलाको अनिवार्य प्रतिनिधित्व रहने छ । महिलाका लागि १ उपाध्यक्ष, ७ प्रदेशमध्ये बागमती र लुम्बनी प्रदेशबाट १ / १ जना महिला अनिवार्य र अन्य ५ खुला प्रतिस्पर्धा हुनेछ ।

त्यसैगरी ९ खुला सदस्यका लागि ५ महिला कोटा छुट्टाइएको छ । लेखा सुपरिवेक्षण समितिमा १ महिलासहित तीन सदस्यीय समितिको निर्वाचन हुने छ । २८७ प्रतिनिधिमध्ये २९ जना महिला प्रतिनिधि कायम रहेका छन ।



Leave a comment