हाइलाइट

स्वेतपत्र जारी नगर्ने सहकारीलाई स्पष्टिकरण सोधेको सूचना नै गायव

स्वेतपत्र जारी नगर्ने सहकारीलाई स्पष्टिकरण सोधेको सूचना नै गायव :: Sahakari Akhabar

काठमाडौं । सहकारी विभागले सहकारीहरुलाई स्वेतपत्र जारी गर्न, बचत फिर्ता कार्ययोजना बनाउन र सञ्चालकको सम्पत्ति विवरण पेश गर्न दिएको समयमा विवरण नबुझाएपछि स्पष्टिकरण सोधेको छ।

आज सूचना प्रकाशन गरी ती संस्थाहरुलाई स्पष्टिकरण सोधेको सूचना प्रकाशन गरेको थियो । तर सूचना प्रकाशन गरेको केही समयमै सूचना हटाइएको छ ।

विभागले सहकारीलाई स्वेतपत्र जारी गर्ने, बचत फिर्ता कार्ययोजना र सञ्चालकको सम्पत्ति विवरण पेश गर्न स्पष्टिकरण सोधेको सूचना आफ्नो वेभसाइडमा प्रकाशन गरेको केही क्षणमै हटाएको छ । सहकारी विभागको वेभसाइडमा अहिले सूचनाको प्रकाशित मिति मात्र देखिन्छ भने राखिएको सूचनाको विवरण देखिदैन ।

विभागले गत कात्र्तिक २५ गते सहकारीहरुलाई निर्देशन जारी गर्दै २०८० साल मंसिर मसान्तभित्र स्वेतपत्र, बचत फिर्ता कार्ययोजना र सञ्चालकको सम्पत्ति बिवरण पेश गर्न भनेको थियो । तर, अधिकांश सहकारीहरुबाट बिवरण प्राप्त हुन नआएको भन्दै विभागले आज समय थप गरि पुन सूचना जारी गरेको थियो ।

विभागले जारी गरेको सूचनामा, ‘तोकिएको समयभित्रै उक्त विवरणहरु पेश नगर्ने सहकारी संस्थाहरुले के कति कारणले विवरण पेश नगरेको हो, चित्तबुझ्दो आधार र कारण खुलेको स्पष्टिकरण सहित यो सूचना प्रकाशित भएको मितिले ३० (तीस) दिनभित्र उल्लेखित सम्पूर्ण विवरणहरु पेश गर्नुहुन सूचित गरिन्छ ।’

पेश नगर्ने सहकारीलाई कानून बमोजिम कारवाही प्रक्रिया अगाडी बढाईने समेत विभागले जनाएको छ । विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले जारी गरेको उक्त सूचना यो समाचार तयार पार्दासम्म विभागको वेभसाइडमा देखिएको छैन् ।

प्रकाशित सूचना यस्तो छ 



Leave a comment