विराटनगर । विराटनगर १६ बुद्ध चोकमा रहेको लाभान्वित बचत तथा ऋण सहकारी संस्था लिमिटेडको निक्षेप १४ करोड नाघेको छ । सहकारीको शनिबार सम्पन्न १३ औं बार्षिक साधारण सभामा प्रस्तुत बार्षिक प्रतिवेदन अनुसार निक्षेप १४ करोड ७४ लाख ०८ हजार १५३ रुपैया रहेको छ ।
सहकारीको शेयर पूँजी १ करोड २० लाख ८७ हजार ३ सय रुपैया रहेको छ भने सहकारीले १४ करोड ३८ लाख ऋण लगानी गरेको छ । आर्थिक वर्ष २०७९÷८० मा सहकारीले ५९ लाख ७४ हजार २ हजार ५९ रुपैयाँे खुद नाफा गरेको छ ।
सहकारीका अध्यक्ष प्रमोद साहद्धारा प्रस्तुत बार्षिक प्रतिवेदन अनुसार सहकारीमा १ हजार ३ सय ७० पुरुष र १ हजार २४८ महिला सदस्य गरी २ हजार ६१८ शेयर सदस्य रहेका छन् ।
सहकारीले १२ करोड ३७ लाख ऋण असुली गरेको छ भने बाह्य ऋण १२ लाख ७५ हजार रुपैयाँ रहेको छ । सहकारीले ब्याज मार्फ २३ लाख ४७ हजार ३१ रुपैयाँ आम्दानी गरेको छ ।
सहकारीले १६ प्रतिशत लाभान्स वितरण गर्ने पनि प्रतिवेदनमा उल्लेख छ । सभामा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक संजीव कुमार साहले प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष सन्तोष कुमार साहले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद योगेन्द्र कुमार मण्डलले छरिएर रहेको पूजीलाई एकीकृत गर्न सहकारीले ठूलो भूमिका खेलको बताए ।
ग्रामिण क्षेत्रमा आत्मनिर्भर बनाउन सहकारीको भूमिका महत्वपूर्ण रहेको उनले बताए । सहकारीको विकासमा सरकारको भूमिका पनि महत्वपूर्ण हुनेमा उनले जोड दिए ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश पोखरेल, जिल्ला सहकारी संघका अध्यक्ष डिल्ली पोखरेल, सहकारी बैंक विराटनगरका प्रमुख चिरञ्जीवी तिमल्सिना लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
Leave a comment