दोलखा । जिरीमा मुख्य कार्यालय रहेको एकीकृत फ्रेण्डसिप बचत तथ ऋण सहकारी संस्थाले कार्तिक महिनाको वित्तीय विवरण प्रकाशित गरेको छ ।
संस्थाले प्रकाशित गरेको वित्तीय विवरण अनुसार कार्तिक मसान्तसम्म संस्थाको जगेडा कोष ६ करोड ५२ लाख ६५ हजार र अन्य कोषहरु ३ करोड ५८ लाख ६८ हजार रहेको जनाएको छ । त्यसैगरी संस्थाले त्यस अवधिमा शेयर पुँजी १० करोड ८३ लाख ७६ हजार, बचत संकलन १ अर्ब ७ करोड ५२ लाख ९७ हजार रहेको छ ।
त्यसैगरी संस्थाले ऋण लगानी १ अर्ब १ करोड ७० लाख ४३ हजार गरेको छ भने तरलता रकम १८.४३ प्रतिशत अर्थात १९ करोड ८१ लाख ८९ हजार रहेको छ ।
संस्थामा १५ हजार ५०७ जना सदस्य आवद्ध रहेका छन् भने २ हजार ५९२ जना सदस्यले ऋण सेवा लिएको प्रतिवेदनमा उल्लेख छ । ४ हजार ७० जना संस्थामा बाल बचतकर्ता रहेका छन् ।
संस्थाको कुल सम्पत्ति १ अर्ब ३४ करोड २३ लाख ९५ हजार पुगको छ । संस्थाले मुख्य कार्यालय सहित १३ वटा सेवा केन्द्रबाट सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
Leave a comment