हाइलाइट

नेफ्स्कूनको चुनावी साधारणसभा पुस ५ र ६ गते

नेफ्स्कूनको चुनावी साधारणसभा पुस ५ र ६ गते :: Sahakari Akhabar

काठमाडौं । बचत तथा ऋण सहकारीहरुको माउ निकाय नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को चुनाव सहितको बार्षिक साधारणसभा पुस ५ र ६  गते काठमाडौंमा हुने भएको छ । संघको संचालक समितिको बैठकले साधारणसभाको मिति तोकेको बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले बताए।

साधारणसभाले नेफ्स्कूनको आगामी कार्यकालकोलागि नयाँ संचालक समिति चयन गर्दैछ। यसका लागि संघले निर्वाचन समिति समेत गठन गरिसकेको जनाइएको छ।

संघको आगामी कार्यकालकालागिअध्यक्षमा वर्तमान बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले आफ्नो दावेदारी प्रस्तुत गरिरहेका छन् ।

वर्तमान अध्यक्ष परितोष पौड्यालले अनौपचारिक रुपमा एक कार्यकाल दोहोर्याउने चाहाना राखेपनि आधिकारिक घोषणा भने गरेका छैनन् । यसका साथै नेफ्स्कूनका पूर्व प्रशासन प्रमुख शिव अधिकारीले पनि संचालक पदमा उमेदवारी दिने घोषणा गरेका छन् ।



Leave a comment