काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैलाई लक्षित गरी आज (असोज २९) गतेबाट नयाँ नोट सटही सुरु गरेको छ । राष्ट्र बैंकले मुद्रा ब्यवस्थापन विभागका साथै बाणिज्य बैंकहरुका तोकिएका शाखाबाट नोट सटही ब्यवस्था गरेपनि सहकारीले यो सुविधा पाएनन् ।
गत वर्षहरुमा राष्ट्रिय सहकारी बैंकमार्फत सहकारी संस्थाहरुलाई नोट सटही सुविधा दिइएकोमा यस वर्षभने अझै निर्णय नभइसकेको सहकारी बैंकले बताएको छ । सहकारी बैंकले नेपाल राष्ट्र बैंकबाट सिमित बैंकिङ कारोबारका लागि मात्र अनुमति पाएकाले बाणिज्य बैंकसरह नयाँ नोट पाउने गरेको छैन ।
तर, बैंकले सहकारीसँग होलसेलमा कारोबार गर्ने भएकाले संस्थाहरुको अपेक्षा पुरा गर्न गाह्रो हुने गरेको बैंकले जनाएको छ । केन्द्रीय संघहरुको बेवास्ताले गर्दा केही सहकारीले अन्य नीजि बैंकको सहयोगमा सदस्यलाई नयाँ नोट दिने ब्यवस्था गरेको सहकारीकर्मी बताउँछन् ।
राष्ट्र बैंकद्धारा जारी सूचना अनुसार भने काठमाडौंमा मुद्रा व्यवस्थापक विभाग र उपत्यकाबाहिर प्रादेशिक कार्यालयमा नयाँ नोट सटही गर्ने ब्यवस्था छ । यसबाहेक बाणिज्य बैंकहरुले तोकेको शाखाहरुमा नोट सटही सुविधा उपलब्ध हुनेछ । गतवर्षझै प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँसम्म सटही उपलब्ध गराउने जनाएको छ । जसमा ५, १०, २०, ५० र एक / सय रुपैयाँको एक एक प्याकेट उपलब्ध हुनेछ ।
Leave a comment