राजबिराज । जनज्योति कृषि सहकारी संस्थाको १२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज सम्पन्न संस्थाको बार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट अध्यक्षमा बिश्वनाथ मण्डल सहित नयाँ संचालक समिति चयन भएको हो ।
समितिको संचालक सदस्यहरूमा डम्बरनारायण यादव, मनोज यादव, सुरेन्द्र यादव, सागरनन्द वर्मा, शान्तिदेवी यादव र मो. हुसेन चयन भएका छन् ।
त्यसैगरी संस्थाको लेखा समिति संयोजकमा बलराम यादव तथा सदस्यहरूमा विजय मेहता र श्याम दास निर्विरोध निर्वाचित भएका हुन् । संस्थाको साधारण सभामा १९ जना शेयर सदस्यलाई विभिन्न विधामा सम्मान गरिएको छ ।
Leave a comment