हाइलाइट

संचालकले चलाएको ऋण असुल गराउने प्रकृयामा सूर्यविनायक नगरपालिका

संचालकले चलाएको ऋण असुल गराउने प्रकृयामा सूर्यविनायक नगरपालिका :: Sahakari Akhabar

भक्तपुर । सूर्यविनायक नगरपालिकाले सहकारीका संचालकले चलाएको ऋण तिराउने प्रकृया अघि बढाएको छ । संचालकले चलाएको ऋण तिर्न उनीहरुको जग्गा बेचेर सदस्यको पैसा फिर्ता दिलाउने प्रकृयामा पालिका अघि बढेको हो ।

सूर्यविनायक नगरपालिकाकी उपमेयर सरिता तिमल्सिना भट्टराईले नगरपालिका कार्यक्षेत्र भित्र रहेका ३ वटा संस्थाका सञ्चालकहरुले आफ्नो सम्पत्ति बेचेर सदस्यको बचत फिर्ता गरिरहेको बताएकी छन् ।

संचालकले बिना धितो लिएको कर्जा नतिरेका कारण सदस्यलाई वचत फिर्ता दिन नसकेको थियो, अहिले जग्गा बेचेर कर्जा तिरेका छन, उनले भनिन् अझै केहिको बाँकी छ, नगरपालिकाले त्यस्ता कर्जा क्रमश तिराऊंदै संस्था संचालनमा ल्याऊन सुरु गर्दैछन् ।

बिहिबार दक्षिणबाराही महिला बचत तथा ऋण सहकारी सस्थाको २५ औं बार्षिक साधारण सभालाई सम्बोधन गर्दै उपमेयर भट्टराइले शुक्रबारदेखि नगरपालिका भित्रका सहकारीका संचालकहरुसंग छलफल गर्ने जनाएकी छन् ।

उनले ‘शुक्रबार महिला सहकारी संस्थाका संचालक समिति र लेखा समितिलाई वडा वडामा वोलाएर अन्तरकृया कार्यक्रम गर्दैछौं।’ संस्थामै पुगेर संस्थाको अवस्था, संचालकको भुमिका लेखा समितिको भुमिकाको वारेमा छलफल गर्दैछौं ।

पालिकामा १५ वटा महिला सहकारी संस्था छन् । त्यसैगरी क्रमश सवै प्रकृतिका संस्थाहरुलाई वडा वडामा छलफल गराऊने कार्यक्रम रहेको जानकारी दिइन् ।

एक पटकमा ५ देखि ७ वटा संस्थाहरुलाई सहभागि गराऊने र एऊटै कुरा निर्देशन गर्दा वुझाई एऊटै हुन्छ र संचालकहरु पन्छिन पाउँदैनन्, उनले भनिन् । त्यसैगरी ठूलो कारोबार गर्ने, कृषि र बहुउदेश्यीय सबै प्रकृतिका संंस्थाको अनुगमन गर्दै जाने उनले बताइन् ।

ऋण लगानी गर्दा भएको गल्ती, साथी र आफ्ना भन्दै गरिने वित्तीय व्यवहार र ऋणको साँवा ब्याज असुलीमा गरिने हेलचेक्य्राईंका कारण संस्थाहरु समस्यामा पर्ने गरेको बताइन् । सहकारी पनि वित्तीय कारोबार गर्ने संस्था भएकाले सामान्य रुपमा नलिन उनले आग्रह गरिन् ।

अर्थतन्त्र निर्माणको दरिलो आधार सहकारी भएको भन्दै पुँजी निर्माण र उद्यमशीलता विकास गर्ने काममा सहकारी रहेको बताइन ।

सहकारी समस्यामा पर्नुमा सञ्चालक मात्र दोषी नरहेको भन्दै सदस्य पनि उत्तिकै जिम्मेवार रहेको उनले बताइन । बढी ब्याजको लोभमा सहकारीका सञ्चालक र कर्मचारी समेत नचिनेको संस्थामा रकम जम्मा गर्दा अहिले सदस्यहरुको बचत समेत जोखिममा परेको उनको भनाइ छ ।

सदस्यहरुले ब्याजका लागि बचत गर्ने तर संस्था कसरी सञ्चालन भएको छ भन्ने कुरामा भने ध्यान नदिदाँ सञ्चालकहरुले बचत अपचलन गरेको उनको भनाई छ । ऋण लगानी गर्दा नीति र विधिमा रहेर लगानी गनुपर्ने भन्दै उनले भावनामा बगेर कारोबार गर्दा संस्था जोखिममा पर्ने बताईन् ।

अध्यक्ष वा व्यवस्थापकलाई मात्र तामिम दिँदा प्रभावकारी नभएको र कार्यान्वयनमा समेत समस्या भएकाले संस्थाका सञ्चालक, लेखा समिति र कर्मचारीलाई सयुंक्त रुपमा तालिम दिने तयारी नगरपालिकाले गरेको जानकारी दिइन् ।

कतिपय संस्थाले कर छली गरेका कारण अहिले मुद्धा मामिला गरिराख्नु परेको भन्दै उनले राज्यले तोकेको नियम अनुसार कर तिर्न पनि संस्थाहरुलाई आग्रह गरिन ।



Leave a comment