काठमाडौं । धादिङको सिद्धलेक गाउपालिका ६ मा रहेको साना किसान कृषि सहकारी कुम्पुरले सहुलियतको ऋण लिनकालागि सदस्यसंग निवेदन माग गरेको छ । संस्थाले सूचना प्रकाशन गरि ३ प्रतिशत ब्याजदरको सहुलियतपूर्ण कर्जाकालागि निवेदन पेश गर्न भनेको हो ।
बागमती प्रदेश सरकार र साना किसान विकास लघुवित्त वित्तिय संस्थाको किसानको आयआर्जन वृद्धि तथा ब्यवसाय विस्तारकालागि भएको सम्झौता अनुरुप संस्थाका सदस्यलाई सहुलियत कर्जा दिइने भएकोले निवेदन दिन भनेको हो ।
उक्त कर्जा साना किसान विकास लघुवित्त वित्तिय संस्थले धदिङकलागि गजुरी शाखाबाट वितरण गर्ने भएकोले संस्थाका ब्यवसाय गरिरहेका सदस्य वा नयाँ ब्यवसाय गर्नचाहने सदस्यले असोज २० गतेसम्म निवेदन दिन सकिने सूचनामा उल्लेख गरिएको छ ।
Leave a comment