सहकारीमार्फत मल बितरण गर्ने धुनिवेसी नगरपालिकाको सूचना

सहकारीमार्फत मल बितरण गर्ने धुनिवेसी नगरपालिकाको सूचना :: Sahakari Akhabar

काठमाडौं । धादिङको धुनिवेसी नगरपालिकाले स्थानीय सहकारी मार्फत रासायनीक मल बितरण गर्न लागेको छ । वडाले सूचना प्रकाशन गर्दै सम्पूर्ण कृषकहरुलाई असोज ५ गते मल बितरण हुने जानकारी गराएको छ ।

नगरपालिकाले वडा नम्वर ४ का कृषकहरुलाई दुईवटा कृषि सहकारीमार्फत जीवनपुर भञ्याङ्गमा असोज ५ गते शुक्रबार मल बितरण गर्ने भएको हो

 वडाले स्थानीय जीवनपुर साना किसान कृषि सहकारी र नवदुर्गा तरकारी तथा फलफूल उत्पादक सहकारी मार्फत रासायनीक मल बितरण हुने भएको वडा अध्यक्ष हरिप्रसाद सुवेदीले जनाए ।



Leave a comment