हाइलाइट

जिम्मेवारीबाट नपन्छिन सहकारीका संचालकलाई विभागको निर्देशन

जिम्मेवारीबाट नपन्छिन सहकारीका संचालकलाई विभागको निर्देशन :: Sahakari Akhabar

काठमाडौं । सहकारी सदस्य संचालक तथा समितिको सामुहिक संस्था भएकोले समस्याबाट संचालक नभाग्न सहकारी विभागले निर्देशन दिएको छ ।

सहकारीमा संचालकहरुले अध्यक्ष ब्यवस्थापक वा अमुक ब्यक्तिलाई जिम्मेवारी पन्छाएर आफू अलग रहन नपाउने बताएको हो।

विभागले संस्था राम्रैसंग संचालन हुँदा संस्थागत संलग्नताको पदिए हैसियत सहित आफूलाई परिचय गराउने तर संस्थामा केही समस्या देखिनसाथ संचालक समितिमा त्यतिकै राखिदिएछन्, संचालक भएपनि मलाई केही थाहा छैन, सवै अध्यक्ष र ब्यवस्थापकलाई थाहा छ भनि पन्छिनखोज्ने गरेको र केहीले जिम्मेवारीबाट अलग हुन चाहेको निवेदन विभागमा आउने गरेको बताएको छ ।

संचालकले संस्थाको हरेक कृयाकलापमा चासो राखि संस्था र सदस्यको हितमा संस्था बलियो बनाउन सामुहिक प्रतिवद्धताका साथ कार्य गर्न विभागले निर्देशन दिएको छ ।

 



Leave a comment