हाइलाइट

एक प्रतिशतमा सहकारीमा मात्र समस्या, ६६ जिल्लाको अवस्था सामान्य

एक प्रतिशतमा सहकारीमा मात्र समस्या, ६६ जिल्लाको अवस्था सामान्य :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले एक प्रतिशत सहकारी संस्थाहरुमा मात्र समस्या भएको र ६६ जिल्लामा अवस्था सामान्य रहेको दावी गरेका छन् । नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को १३ औं स्थापना दिवसको अवसरमा बोल्दै उनले केही सहकारीका कारण सिंगो अभियान माथि नै विश्वनीयताको प्रश्नचिन्ह खडा भएको गुनासो गरे ।

‘७७ जिल्लामध्ये ६० वटा जिल्लाका सहकारीमा कुनै समस्या छैन’ अध्यक्ष कडेलले भने, ‘सहकारी मूल्य, मान्यता र सिद्धान्त भन्दा बाहिर गएर संचालन भएका एक प्रतिशत सहकारीका कारण सिंगो अभियान माथि नै विश्वसनियतामाथी प्रश्नचिन्ह खडा भएको हो ।’ सदस्यको बचत अपचलन गर्ने सहकारीलाई जोगाउनुपर्छ भन्ने पक्षमा महासंघ नरहेको समेत उनले प्रष्ट पारे ।

सहकारी सहकारी सुधार सुझाव कार्यदलले दिएको सुझाव कार्यान्वयन गराउन अभियानको तर्फबाट प्रधानमन्त्री र मुख्य सचिवलाई समेत भेटेको जानकारी दिदै उनले प्रतिवेदन बुझाएपछि सहकारीका समस्या समाधानका लागि कार्यान्वयनमा लैजान आफूहरुले निरन्तर पहल गर्ने अध्यक्ष कडेलले बताए । 
 



Leave a comment