हाइलाइट

कान्तिपुर सहकारीलाई बचत फिर्ताका लागि चैतसम्मको समय 

कान्तिपुर सहकारीलाई बचत फिर्ताका लागि चैतसम्मको समय  :: Sahakari Akhabar

काठमाडौं । सहकारी विभागले तिनकुनेस्थित कान्तिपुर बचत तथा ऋण सहकारीलाई सर्वसाधारणको बचत फिर्ताका लागि चैतसम्मको समय दिएको छ ।सहकारीका पिडित बचतकर्तासमेतको उपस्थितीमा भएको छलफलपछि विभागले उक्त समयसिमा तोकेको हो । 

छलफल अनुसार सहकारीले भदौ २० गतेसम्ममा बचत फिर्ताको योजना भदौ २० गतेसम्ममा विभागमा बुझाउनुपर्नेछ । त्यसपछि सहकारीका पिडित बचतकर्ताहरु सहितको सहभागितामा टास्क फोर्स बनाउने सहमति भएको छ । 

हरेक महिना टास्क फोर्स र संस्थाको संचालक समितिले विभागमा मासिक प्रगति विवरण बुझाउने र त्यसको आधारमा विभागले थप निर्णय गर्नेछ । कार्ययोजना अनुसार काम गर्न नसकेमा र पिडित समितिका सदस्यहरुले निर्णय गरी विभागमा पेश गरेमा सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारीस गर्ने सहमति भएको छ । 

कान्तिपुर सहकारीमा बचतकर्ताको साढे ६ अर्ब रकम रहेको छ । सहकारीले घरजग्गा, अस्पताललगायतका निजी ब्यवसायमा लगानी गर्दा बचतकर्ताको रकम फिर्ता गर्न सकेको छैन ।


 



Leave a comment