हाइलाइट

बाबियाखर्क  सहकारीद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बाबियाखर्क  सहकारीद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । बाबियाखर्क वचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई वित्तीय साक्षरता कार्यक्रम गरेको छ । शनिबार सदस्य सेवा केन्द्र जोरपाटी अन्तरगत तीज विशेष बचतमा आवद्ध सदस्यहरूका लागि वित्तीय साक्षरता कार्यक्रम गरेको हो । कार्यक्रममा संस्थाले सदस्यहरुलाई दर खुवाएको थियो । कार्यक्रमको जोरपाटी सेवाकेन्द्र ब्यवस्थापन उपसमितिकी सदस्य पुजा कोइरालाले संयोजन गरेकी थिइन् ।

कार्यक्रममा संस्थाका अध्यक्ष ऋषिराज घिमिरेले हरितालिका तीजको शुभकामना ब्यक्त गर्नुहुदै संस्कृतीको सम्बद्र्धनमा  सहकारी संस्थाको पनि महत्वपूर्ण भुमिका रहने बताए । उनले बिधिले चलेको एउटा मात्र बचत तथा ऋण सहकारीमा पहिचान गरेर कारोबार गर्नुपर्नेमा जोड दिए ।

बचत तथा ऋणको कारोबार गर्दा कोहि कसैको बहकाउमा लागेर र आकर्षक बिज्ञापन सामग्रीलाई बिश्वास नगरी स्वयं आफै सहकारीमा गएर बुझेर कारोबार गर्न उनले सुझाव दिए । उनले बचत तथा ऋण सहकारीहरुले बचत संकलन गर्नुपर्नेमा निक्षेप संकलन गरेको कारण समस्या भोग्नुपरेको बताए ।

बाबियाखर्क साकोस अन्तरगतको सर्बेश्वर दिदीबहिनी क्लबकी संयोजक अमिता पौडेलले सहभागीहरुलाई स्वागत गरेकी थिइन् । संस्थाका व्यवस्थापक बलदेबकुमार पौड्यालले संस्थाका बचत योजनाहरु लगाएतका विषयमा सदस्यलाई जानकारी गराएका थिए । कार्यक्रममा १५० जनाको सहभागीता रहेको थियो ।



Leave a comment