हाइलाइट

सातवटा सहकारीको सिकाइ व्यवस्थापन कार्यशाला गोष्ठि सम्पन्न 

सातवटा सहकारीको सिकाइ व्यवस्थापन कार्यशाला गोष्ठि सम्पन्न  :: Sahakari Akhabar

काठमाडौं । वीरेन्द्रनगर सुर्खेतमा रहेको जनहितकारी बचत तथा ऋण सहकारीसंगै सातवटा संस्थाले सिकाई आदान प्रदान गरेका छन् । प्रोवेशन कार्यक्रममा आवद्ध संस्थाहरु कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशालामा सहभागिता भएका हुन् ।

भेरी कर्णाली प्रथम ब्याचका सहयोगी साकोस, राप्ती विश्वासी साकोस, प्रगती साकोस, बर्दिया, डिग्रेशाही कुमारी साकोस, रुकुम, प्रगती साकोस, सल्यान, लगाएत ६ ओटा सहकारीहरुको समेत संस्थागत प्रस्तुतिकरण राखिएको उक्त कार्यक्तममा, प्रोवेशन कार्यक्रम कार्यदलका विभिन्न पदाधिकारीहरु सहति ७१ जनाको सहभागिता रहेको थियो ।

जनहितकारी सहकारीले आयोजना गरेको कार्यक्रमलाई नेफ्स्कूनको प्राविधिक सहयोग रहेको थियो । संस्थाका अध्यक्ष हरिहरनाथ योगीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा कर्णाली प्रदेश सहकारी रजिष्टार खुमप्रसाद सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यसैगरी कार्यक्रममा वीरेन्द्रनगर नगरकार्यपालिका वडा नं. ४ का वडाध्यक्ष शेरबहादुर के.सी, जिल्ला सहकारी संघ दाङ्गका लेखा समिति सदस्य निरञ्जन कुमार गौतम तथा नेफ्सकून फिल्ड कार्यलय सुर्खेतका प्रमुख चन्द्रप्रसाद जोशी लगाएतको आथित्यता रहेको थियो ।

कार्यक्रमलाई नेफ्स्कूनका कार्यक्रम अधिकृत पवनजंग मल्लले सहजिकरण गरेका थिए । उनले तरलता व्यवस्थापनका सम्बन्धमा प्रस्तुतिकरण गरेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष हरिहरनाथ योगीले सहकारी क्षेत्रको समृद्धि, विकास, स्तरिकरण तथा प्रवद्र्धनका लागि स्थानिय सरकारी निकायले आवश्यक बजेट विनियोजन गरी समयसापेक्ष उचित कार्यक्रमहरु लागु गर्नुपर्ने बताए ।

संस्थका कोषाध्यक्ष एवंम् प्रोवेशन कार्यक्रम कार्यदलका संयोज नवराज कडेंलले स्वागत मन्तव्य तथा संस्थाका सञ्चालक तथा प्रोवेशन कार्यदलका सदस्य कृष्णप्रसाद गौतमले संचालन गरेका थिए । संस्थाका प्रबन्धक हिमलाल गौतमले संस्थागत प्रस्तुति गरेका थिए ।



Leave a comment